+
+

स्थायी कमिटी नराख्ने एमालेको निर्णय, पदाधिकारी पनि घटायो

73 पटक हेरिएको
Clock २०८१ फाल्गुन १८, आईतवार २१:४२
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश निम्नलिखित छ:

* नेकपा एमालेले जनसंगठनमा स्थायी कमिटी नरहने निर्णय गरेको छ।
* कमिटीको संख्या घटाउने निर्णय गरिएको छ, जसमा केन्द्रीय कमिटी ९९ देखि १५० जनासम्मको बनाउने र सबै जनसंगठनका पदाधिकारी ९ जनामा सीमित गर्ने निर्णय गरेको छ।
* एमाले नेताले विदेश भ्रमण जानुपूर्व पार्टीसँग अनुमति लिनुपर्ने र फर्किएपछि रिपोर्ट तयार पार्नुपर्ने निर्णय गरेको छ।

काठमाडौं । नेकपा एमालेले जनसंगठनमा स्थायी कमिटी नरहने निर्णय गरेको छ। आइतबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी र सचिवालय मात्रै रहने निर्णय गरेको हो।

सचिवालय बैठकको निर्णय सुनाउदै महासचिव शंकर पोखरेलले भने- ‘जनसंगठनमा केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय रहने व्यवस्था थियो। स्थायी कमिटीको व्यवस्था अन्त्य गरेर केन्द्रीय कमिटी र सचिवालय मात्रै रहने निर्णय गरेका छौं ।’

साथै कमिटीको संख्या घटाउने निर्णय पनि उनले बताए। जनसंगठनले आफ्नो विधानबाट यो निर्णय कार्यान्वयन गर्ने उनको भनाइ छ। एमालेले जनसंगठनको केन्द्रीय कमिटी ९९ देखि १५० जनासम्मको बनाउने र सबै जनसंगठनका पदाधिकारी ९ जनामा सीमित गर्ने निर्णय गरेको बुझिएको छ।

त्यस्तै बैठकले एमाले नेताले विदेश भ्रमण जानुपूर्व पार्टीसँग अनुमति लिनुपर्ने, फर्किएपछि रिपोर्ट तयार पार्नुपर्ने निर्णय पनि गरेको महासचिव पोखरेलले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win