+
+

जनताको अवस्था परिवर्तन नहुँदा असन्तुष्टि बढ्यो : गगन थापा

181 पटक हेरिएको
Clock २०८१ चैत्र २, शनिबार २०:२५
-- Sponsored --

AI सारांश

Fast AI

१. नेपाली कांग्रेसका महामन्त्री गगन थापाले व्यवस्था परिवर्तन भएपछि पछिल्लो समय बढ्दो बेरोजगारी र तिब्र बसाइसराइले नागरिकमा असन्तुष्टि बढेको बताएका छन्।
२. महामन्त्री थापाले लोकतन्त्रको विकल्प अरु केही हुन नसक्ने भन्दै अहिलेकै व्यवस्थाबाट नागरिकको असन्तुष्टि कम गर्नुपर्ने बताए।
३. उनले नागरिकहरूले डेलिभरी खोजिरहेका छन्, काम र परिणाम खोजिरहेका छन् भन्दै नेतृत्व गर्नेहरूको मति र गति ठिक हुनुपर्छ भने।

रमेश थापा
पाँचथर-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले व्यवस्था परिवर्तन गरेका जनताको अवस्था परिवर्तन नहुँदा असन्तुष्टि बढेको बताएका छन। व्यवस्था परिवर्तन भएपछि पछिल्लो समय बढ्दो बेरोजगारी र तिब्र बसाइसराइले नागरिकमा असन्तुष्टि बढेको बताए।
पाँचथरको तुम्बेवा गाउँपालिकाको प्रथम तुम्बेवा महोत्सवको समापन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले लोकतन्त्रको विकल्प अरु केही हुन नसक्ने भन्दै अहिलेकै व्यवस्थाबाट नागरिकको असन्तुष्टि कम गर्नुपर्ने बताए। अहिलेको लोकतान्त्रिक व्यवस्थाभित्र रहेर जनताको अवस्था सुधारमा सरकारले ध्यान दिनुपर्ने बताए। ‘हामीले दुःख गरी ल्याएको व्यस्थाभित्र सबै किसिमको विकल्प छ, भनेजस्तो परिवर्तन नभएपछि अहिलेको व्यवस्थाप्रति नागरिकको असन्तुष्टि बढेको हो, नागरिकको असन्तुष्टि माथी स्वार्थ समुहले खेलेर यो व्यवस्था प्रति जनआक्रोस बढाउन भूमिका खेलेको छ, अब सरकारले यहि व्यवस्थाबाट जनताको आक्रोसलाई कम गर्नुपर्छ थापाले भने।
  जुन गतिमा प्रगति र परिवर्तन हुनुपर्ने हो त्यो गतिमा परिवर्तन भएको छैन भन्ने असन्तुष्टि छ, त्यही असन्तुष्टिलाई अहिले दुरुपयोग गर्न चाहिरहेका छन, असन्तुष्टि आक्रोशमा बदलिएको छ, त्यो आक्रोसले आगो बलेको छ, त्यो आगोमा घिउ थप्न काम भएको छ । अब त्यो आक्रोसको आगो निभाइदियो भने जो आगोमा घिउ हाल्छु भनेर आएको छ । त्यस्ले घिउ आफै खान्छ । त्यसैले अहिलेको व्यवस्थाबाट मात्रै परिवर्तन सम्भव छ ।”
‘नागरिकहरूले डेलिभरी खोजिरहेका छन्, काम र परिणाम खोजिरहेका छन्। यसका निम्ति नेतृत्व गर्नेहरूको मति र गति ठिक हुनुपर्छ,’ उनले भने, ‘हामीले सबै जिम्मेवारी पाइसकेका छौं, अब ८० देखि ९० सम्मको दशक विकास र प्रगतिको दशक बनाउनुपर्छ ।’ कार्यक्रममा कांगेस सहमहामन्त्री भिष्मराज आङ्देम्बेले तुम्बेवा गाउँपालिकाले आट र इच्छा शक्ति देखाएर तुम्बेवा चिनाउनको लागि तुम्बेवा महोत्सव जस्तो ठुलो काम गरेकोमा गाउँपालिकाको प्रसंशा गरे। राजनीतिक रुपमा एक ठाउँमा उभिएर राजनीति भन्दा धेरै माथी उठेर काम गर्दा  विकास गर्न सकिने भन्दै त्यो तर्फ अघि बढ्न सुझाव दिए ।
फागुन २७ देखी चैत २ गतेसम्म संचालन भएको तुम्बेवा महोत्सवमा कृषि प्रदर्शनी, खेलकुद, साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम, राष्ट्रिव्यापी कविता प्रतियोगिता समेत संचालन भएको थियो । पाँच दिनसम्म संचालन भएको महोत्सवको मुख्य उदेश्य तुम्बेवा गाउँपालिकालाई देश विदेशमा चिनाउँने उदेश्यले महोत्सव संचालन गरिएको गाउँपालिका अध्यक्ष बाबुराम खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win