+
+

स्थानिय सरकार माथी ९ ट्रिलियन ऋण, सरकारी खर्च कटौती गर्न चीन सरकारकाे निर्देशन

132 पटक हेरिएको
Clock २०८२ जेष्ठ ७, बुधबार ११:२१
-- Sponsored --

AI सारांश

Fast AI

१. चीन सरकारले मदिरा र चुरोटमा हुने खर्च घटाउन आफ्ना अधिकारीहरूलाई निर्देशन दिएको छ ।
२. यात्रा, खाना र कार्यालय स्थलमा हुने खर्च कटौती गर्न पनि चीन सरकारले निर्देशन दिएको छ ।
३. चीनका स्थानीय सरकारहरूले ठूलो ऋणमा परेका छन्, जसको कारण सरकारले खर्च कटौती गर्ने निर्णय गरेको हो ।

बेइजिङ, ७ बैशाख । चीन सरकारले मदिरा र चुरोटमा हुने खर्च घटाउन आफ्ना अधिकारीहरूलाई निर्देशन दिएको छ । 

यसका साथै यात्रा, खाना र कार्यालय स्थलमा हुने खर्च कटौती गर्न पनि भनिएको छ । राष्ट्रपति सी जिनपिङ र कम्युनिष्ट पार्टीले सरकारी खर्च घटाउन यो निर्णय गरेको हो । महँगो खाना, रक्सी र चुरोट अब चीनमा कार्यालयहरूमा सेवा दिइने छैन। कार्यक्रममा कुनै भव्य फूल सजावट पनि अब हुने छैनन् ।

चीनको सिन्ह्वा समाचार एजेन्सीका अनुसार चीनको कम्युनिष्ट सरकारले अधिकारीहरूमा हुने खर्चमा कडाई र बचत गर्न निर्देशन गरेको छ। जसमा सरकारी श्रोतको सदुपयोग गर्न र अनावश्यक खर्च रोक्न अधिकारीहरुलाई आग्रह गरिएको छ । सरकारले अनावश्यक खर्चलाई लाजमर्दो र बचतलाई सम्मानजनक भनेको छ । हाल सालै चीनमा जग्गा बिक्रीबाट हुने नाफा घटेको छ भने स्थानीय सरकारहरूले ठूलो ऋणमा परेका छन ।

ब्लूमबर्गको रिपोर्टका अनुसार चीनका स्थानीय सरकारहरूको करिब ९ ट्रिलियन अमेरिकी डलर ऋणको भारी रहेको छ। यसअघि सन् २०२३ मा राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार र अधिकारीहरूको आसन विरुद्ध अभियान सुरु गरेका थिए। जसमा सरकारले कर्मचारीलाई खर्च कटौती गर्ने बानी विकास गर्न निर्देशन दिएको थियो ।

ब्लूमबर्गका अनुसार २०२४ मा बेइजिङले स्थानीय सरकारहरूको ऋणसँग सम्बन्धित जोखिमहरू कम गर्न अभियान सुरु गरेको थियो। जसले गर्दा पूर्व निर्धारित जोखिम कम हुन्छ र स्थानीय सरकारहरूले आर्थिक विकासमा मद्दत गर्न सक्छन् भन्ने अपेक्षा गरिएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win