+
+

खानेपानीका निवर्तमान समितिका पदाधिकारीहरुको विदाइ तथा सम्मान कार्यक्रम सम्पन्न

Clock २०८२ श्रावण १७, शनिबार २०:०८

oplus_2

-- Sponsored --

दिपक दुलाल, साउन १७
उम्लाबुङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका निवर्तमान पदाधिकारीहरुको विदाइ तथा सम्मान कार्यक्रम पाँचथरको फाल्गुनन्द गाउँपालिका १, नवमीडाँडामा सम्पन्न भएको छ।
खानेपानी उपभोक्ता समितिको हालै सम्पन्न दोस्रो अधिवेशनबाट चयन भएको वर्तमान समितिले निवर्तमान समितिका पदाधिकारीहरुलाई आज एक कार्यक्रमको आयोजना गरी विदाइ तथा सम्मान गरेको हो।
लामो समयसम्म खानेपानी उपभोक्ता समितिमा रहेर नवमीडाँडाका उपभोक्ताहरुको हितलाई ध्यानमा राखी स्वच्छ पिउने पानी उपलव्ध गराउन निस्वार्थ सामाजिक सेवामा क्रियाशिल रहेको भन्दै समितिका निवर्तमान अध्यक्ष लिलाप्रसाद चापागाईं लगायत सम्पूर्ण पदाधिकारीहरुलाई प्रशंसापत्र सहित खाँदा ओढाएर सम्मान तथा बिदाइ गरिएको हो। सोहि कार्यक्रममा फाल्गुनन्द गाउँपालिका वडा नं.१, को कार्यालय नवमीडाँडाबाट समेत निवर्तमान समितिलाई सम्मानपत्र प्रदान गरिएको थियो।
सम्मान तथा विदाइ कार्यक्रममा नवमीडाँडाका समाजसेवी बुद्धिजिवी, विभिन्न संघसंस्थाका प्रतिनिधीहरु, जननिर्वाचित प्रतिनिधीहरु, खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरु तथा उपभोक्ताहरुको उपस्थिती रहेको थियो।
कार्यक्रम फाल्गुनन्द गाउँपालिका वडा नं. १ का वडाध्यक्ष होम प्रसाद आङदेम्बेको प्रमुख आतिथ्यता र उम्लाबुङ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष श्रीभक्त लुइँटेलको अध्यक्षतामा सम्पन्न भएको हाम्रा सहकर्मी दिपक दुलालले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस