+
+

रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत

5 पटक हेरिएको
Clock २०८३ जेष्ठ २६, मंगलवार १०:२९
-- Sponsored --

AI सारांश

Fast AI

१. राष्ट्रिय स्वतन्त्र पार्टी पाँचथरको प्रथम अधिवेशनले प्रकाश गुरुङको सभापतित्वमा नयाँ १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ।
२. समितिको उपसभापतिमा सहरसिंह तामाङ, सचिवमा कुशल जबेगु, सहसचिवमा कविहाङ सेलिङ र कोषाध्यक्षमा सिर्जना रिजाल निर्वाचित हुनुभएको छ।
३. नयाँ कार्यसमितिका सभापति गुरुङ र उपसभापति तामाङ पुरानै जिम्मेवारीमा दोहोरिनुभएको हो।

पाँचथर, २४ जेठः राष्ट्रिय स्वतन्त्र पार्टी पाँचथरको प्रथम अधिवेशनले प्रकाश गुरुङको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

आज फिदिमस्थित जिल्ला समन्वय समिति पाँचथरको सभाहलमा सम्पन्न प्रथम अधिवेशनले गुरुङको सभापतित्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो। समितिको उपसभापतिमा सहरसिंह तामाङ, सचिवमा कुशल जबेगु, सहसचिवमा कविहाङ सेलिङ र कोषाध्यक्षमा सिर्जना रिजाल निर्वाचित हुनुभएको छ।

यस्तै, सदस्यहरुमा ज्ञानेन्द्र रसाइली, रुद्र चम्लागाईं, रेखा लावती, सविना राई, ईश्वरीप्रसाद निरौला, प्रयागराज सुवेदी, खगेन्द्र सिग्देल र इन्द्र्र लावती निर्वाचित हुनुभएको छ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा महेन्द्रविक्रम थाम्सुहाङ, चन्द्रराज आङ्देम्बे, भीम शिवाकोटी र माया चौहान तथा प्रदेश अधिवेशन प्रतिनिधिमा लक्ष्मण लावती र सिर्जना रिजाल निर्वाचित हुनुभएको छ।

यसैगरी, ३२ वटा विभाग गठन भएको नवनिर्वाचित सहसचिव कविहाङ सेलिङले जानकारी दिनुभयो। नयाँ कार्यसमितिका सभापति गुरुङ र उपसभापति तामाङ पुरानै जिम्मेवारीमा दोहोरिनुभएको हो।

अधिवेशन उद्घाटन कार्यक्रममा जिल्लास्थित विभिन्न दलका प्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए। उद्घाटन कार्यक्रममा विभिन्न दल तथा स्वतन्त्र व्यक्ति प्रवेश गरेको रास्वपा पाँचथरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win