0 प्रतिक्रिया
ठग मेनपावर र एजेन्टलाई कारबाही गर्नुपर्ने माग गर्दै आइटी आर्मीले वैदेशिक रोजगार विभाग घेराउ गर्ने
AI सारांश
Fast AI१. आम जनता पार्टी (आजपा) निकट आइटी आर्मीले विभिन्न माग गर्दै असार २ गतेदेखि वैदेशिक रोजगार विभागअगाडि शान्तिपूर्ण धर्ना तथा घेराउ गर्ने घोषणा गरेको छ।
२. आइटी आर्मीले विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेन्टलाई कारबाही गर्नुपर्ने, बेरोजगार युवाहरूलाई स्वदेश नेपालमै रोजगारी दिनुपर्ने जस्ता माग गरेको छ।
३. आइटी आर्मीले जेठ २६ गते केन्द्रीय कमिटीको बैठकबाट आन्दोलनका लागि महत्वपूर्ण कार्यविभाजन गर्ने, जेठ २७ गते संघर्षको कार्यक्रम बारे जानकारी गराउन पत्रकार सम्मेलन गर्ने जनाएको छ।
सञ्जय मिश्रा
रौतहट – प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) निकट आइटी आर्मीले विभिन्न माग गर्दै आउँदो असार २ गतेदेखि वैदेशिक रोजगार विभागअगाडि शान्तिपूर्ण धर्ना तथा घेराउ गर्ने घोषणा गरेको छ।
आइटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगार विभागअगाडि धर्ना एवम् घेराउ गर्ने जनाएका छन्। सामाजिक न्याय, सुशासनसहित आम जनताको सर्वोच्चताका लागि सक्रिय आइटी आर्मी स्थापनाकालदेखि नै देश र जनताको पक्षमा आवाज उठाउँदै आएको संगठन हो।
‘वैदेशिक रोजगारीमा गएकाहरुको रगत र पसिनाले साटिएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानीरहेको कहालीलाग्दो सन्दर्भमा वैदेशिक रोजगार पिडितहरुलाई न्याय दिलाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ११ बुँदे माग गरेको तर आजसम्म सो मागको सुनुवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको छ,’ साहले भने।
आइटी आर्मीले २०८० साल जेठ २८ गते काठमाडौं उपत्यकामा खबरदारी र्यालीमार्फत संघर्षको उठान गरेको थियो। २०८० साल भदौ १३ गते प्रधानमन्त्री प्रचण्डलाई ११ बुँदे विभिन्न मागसहितको ध्यानाकर्षणपत्र बुझाएको थियो।
‘हामीले विभिन्न माग गरे पनि बिडम्बना सो विषम समस्याको ठोस एवम् दीर्घकालिन समाधान गर्नुको सट्टा सरकार कानमा तेल हालेर कुम्भकर्ण निन्द्रामा सुतिरहेको भान हामीलाई भइरहेको छ,’ साहले भने।
आइटी आर्मीले विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठग मेनपावर र ऐजेन्टलाई कारबाही गर्नुपर्ने, बेरोजगार युवाहरूलाई स्वदेश नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अल्पत्र परेकाहरुको उद्दार गर्नुपर्ने, असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारवाई गर्नुपर्ने, फ्रि–भिसा फ्रि–टिकट व्यवहारतः लागू गर्नुपर्ने, निजी मेनपावरहरू खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने लगायतका माग गरेको छ।
असार २ गतेदेखि वैदेशिक रोजगार विभाग अगाडि शान्तिपूर्ण धर्ना तथा घेराउ कार्यक्रम गर्ने घोषणा गरेको आइटी आर्मीले जेठ २६ गते, केन्द्रीय कमिटीको बैठकबाट आन्दोलनका लागि महत्वपूर्ण कार्यविभाजन गर्ने, जेठ २७ गते, संघर्षको कार्यक्रम बारे जानकारी गराउन पत्रकार सम्मेलन गर्ने जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









