+
+

टीआरसी विधेयकमा भएको सहमतिले नेपालको प्रगतिको बाटोमा कोशेढुंगाको काम गर्नेछ- प्रचण्ड

120 पटक हेरिएको
Clock २०८१ श्रावण २३, बुधबार १९:२९
-- Sponsored --

AI सारांश

Fast AI

१. नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा भएको सहमतिले नेपालको शान्ति, स्थायित्व र प्रगतिको बाटोमा महत्त्वपूर्ण कोशेढुंगाको काम गर्ने बताएका छन्।
२. प्रचण्डले राजनीतिक सहमति कानुनी वैधतामा रूपान्तरण भएपश्चात् द्वन्द्वसँग सम्वन्धित विषयहरू, राहत, परिपूरण जस्ता कुराहरू दीर्घकालीन रूपमा सम्बोधन हुने बताएका छन्।
३. उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा आवश्यक राजनीतिक सहमतिका लागि गठित कार्यदलले प्रतिवेदन हस्तान्तरण गरेको छ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा भएको सहमतिले नेपालको शान्ति, स्थायित्व र प्रगतिको बाटोमा महत्त्वपूर्ण कोशेढुंगाको काम गर्ने बताएका छन् ।

प्रचण्डले राजनीतिक सहमति कानुनी वैधतामा रूपान्तरण भएपश्चात् द्वन्द्वसँग सम्वन्धित विषयहरू, राहत, परिपूरण जस्ता कुराहरू दीर्घकालीन रूपमा सम्बोधन हुने बताएका छन् ।  

उनले भनेका छन्- 

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा आवश्यक राजनीतिक सहमतिका लागि गठित कार्यदलले प्रतिवेदन हस्तान्तरण गरेको छ।

नेपाली समाजको युगान्तकारी परिवर्तनको ऎतिहासिक जग बनेको नेपाली जनक्रान्तिलाई शान्ति, संविधान र राष्ट्रको समृद्धिको दिशामा रूपान्तरण गर्न, द्वन्द्वकालिन घटनाको सत्य निरुपण गरी समाजमा मेलमिलापको अवस्था सिर्जना गर्न र पीडितमैत्री संक्रमणकालिन न्याय निरुपण गर्न म विगत लामो समयदेखि निरन्तर लागिरहेको छु। यसै क्रममा मेरो पहल र नेतृत्वमा भएको बालुवाटार बैठकले यो कार्यदल गठन गरिएको थियो।

आजको यो प्रयासले नेपालको शान्ति, स्थायित्व र प्रगतिको बाटोमा महत्त्वपूर्ण कोशेढुंगाको काम गर्नेछ। राजनीतिक सहमति कानुनी वैधतामा रूपान्तरण भएपश्चात् द्वन्द्वसँग सम्वन्धित विषयहरू, राहत, परिपूरण जस्ता कुराहरू दीर्घकालीन रूपमा सम्बोधन हुनेछन्।

प्रतिवेदन हस्तान्तरण गर्ने कार्यदलका सबै सदस्यहरु र सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win