+
+

कुम्मायकमा पुर्वमन्त्री आङ्बोलाइ ध्यानाकर्षण पत्र

89 पटक हेरिएको
Clock २०८१ कार्तिक १३, मंगलवार १९:३३
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको सारांश निम्नलिखित ३ वटा बुँदामा दिइएको छ:

१. कुम्मायक गाउँपालिकाले हटाएका कर्मचारीहरुले कोशी प्रदेशका पूर्व मन्त्री तथा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र बहादुर आङ्बोलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
२. स्थायी प्रकृतिका कर्मचारी नआएको अवस्थामा एकै पटक १९ कर्मचारी गाउँपालिकाले हटाएको छ, जो स्थानीय सरकारी सेवाको गठन संचालन र सेवाका सर्तहरु व्यवस्था गर्न बनेको ऐन, २०८० को व्यवस्था अनुसार करारका कर्मचारी राख्न नपाउने ऐन परिवर्तन गर्न माग सहित कर्मचारीले ध्यानाकर्षण बुझाएका छन्।
३. पूर्व मन्त्री आङ्बोले प्रदेश सरकारले बनाएको ऐन परिवर्तन गर्न सम्भव नभएको प्रष्ट पारे, तर स्थायी कर्मचारी नआएको खण्डमा एकै पटक धेरै कर्मचारी हटाएको विषयमा मेरो ध्यानाकर्षण भएको छ।

रमेश थापा
पाँचथर- पाँचथरको कुम्मायक गाउँपालिकाले हटाएको कर्मचारीले कोशी प्रदेशका पुर्वमन्त्री तथा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र बहादुुर आङ्बोलाई ध्यानाकर्षण पत्र बुझाएका छन। प्रदेशबाट स्थायी कर्मचारी नआएको अवस्थामा आफुहरुलाई गाउँपालिकाले करार सेवाबाट हटाएको भन्दै पीडित कर्मचारीहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन।
उनिहरुले स्थानीय सरकारी सेवाको गठन संचालन र सेवाका सर्तहरु व्यवस्था गर्न बनेको ऐन, २०८० को व्यवस्था अनुसार करारका कर्मचारी राख्न नपाउने ऐन परिवर्तन गर्न माग सहित कर्मचारीले ध्यानाकर्षण बुझाएका छन। प्रदेश सरकारले २०८० पुष २२ गते जारी गरेको व्यवस्था अनुसार करारमा नियुक्ति गरेका १९ कर्मचारी हटाएको थियो। अन्य स्थानीय तहले करारको कर्मचारी नहटाएको भन्दै कुम्मायक गाउँपालिकाले मात्रै करार सेवाबाट हटाएको भन्दै ध्यानाकर्षण पत्र बुझाएको हुन। ध्यानाकर्षण पत्र बुझाउदै स्वास्थ्यकर्मी महेन्द्र सुन्दर कार्कीले भने स्थायी प्रकृतिका कर्मचारी नआएको अवस्थामा एकै पटक १९ कर्मचारी गाउँपालिकाले हटाएको छ। हाम्रो ठाउँमा स्थायी कर्मचारी आएको भए चित्त बुझ्थ्यो। तर त्यसो भएन, हामीलाई एकै पटक हटाइयो।
जवाफमा पूर्वमन्त्री आङ्बोले प्रदेश सरकारले बनाएको ऐन परिवर्तन गर्न सम्भव नभएको प्रष्ट पारे। उनले प्रदेश सरकारले स्थायी कर्मचारी स्थानीय तहमा पठाउन सो ऐन बनाएको बताए। प्रदेशबाट स्थायी कर्मचारी आएपछि कर्मचारी हटाएको भए हुन्थ्यो। कतिपय स्थानीय तहमा राजनीतिक प्रतिसोधले कर्मचारी हटाउने गरेको पाइएको छ। आङ्बोले भने तथापी कुम्मायकले प्रदेशको कानुन र ऐन अनुसार करारका कर्मचारी हटाएको हो। तर स्थायी कर्मचारी नआएको खण्डमा एकै पटक धेरै कर्मचारी हटाएको विषयमा मेरो ध्यानाकर्षण भएको छ।
कुम्मायक गाउँपालिकाले हटाएका कर्मचारीले अन्यायमा परेको भन्दै केही हप्तादेखि कर्मचारीहरुले गाउँपालिकाको ध्यानाकर्षण गर्दै आएका छन। यस अघि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी, गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए। नेकपा एमाले कुम्मायक गाउँपालिका संगठन कमिटीले समेत करार कर्मचारी हटाएको बिषयमा गाउँपालिकालाई ११ प्रश्नको जवाफ माग्दै ज्ञापन पत्र बुझाएको थियो। त्यसको लगतै कर्मचारीहरुले पूर्वमन्त्री आङ्बोलाई ध्यानाकर्षण गराएका छन। गाउँपालिकाले हटाएको १९ कर्मचारी मध्ये ४ जना कर्मचारीलाई भने कुम्मायक आधारभूत अस्पताल विकास समितिले पुनः नियुक्ति दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win