+
+

चार दिने भ्रमण सकेर प्रधानमन्त्री ओली फर्किए नेपाल

46 पटक हेरिएको
Clock २०८१ मंसिर २०, बिहीबार १६:२३
-- Sponsored --

AI सारांश

Fast AI

१. प्रधानमन्त्री केपि ओली चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्।
२. नेपाल र चीनबीच बिआराई परियोजनाको फ्रेमवर्कमा हस्ताक्षर भएको थियो।
३. नेपाल र चीनबीच ९ बुँदे विकास साझेदारीबारे सम्झौता भएको थियो।

काठमाडौं – चीन भ्रमणमा गएका प्रधानमन्त्री केपि ओली स्वदेश फर्किएका छन्।

१७ गते चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी ओली बिहीबार अपराह्न स्वदेश फर्किएका हुन्।

यही मंसिर १७ गते प्रधानमन्त्री बेइजिङ गएका थिए। चीनमा रहँदा नेपाल र चीनबीच बिआरआई परियोजनाको फ्रेमवर्कमा हस्ताक्षर भएको थियो।

यसबाहेक नेपाल र चीनबीच ९ बुँदे विकास साझेदारीबारे सम्झौता भएको थियो।

नेपाल र चीनबीच टोखा-छहरे सुरुङमार्ग निर्माण, नेपाल-चीन व्यापार अभिवृद्धि, वसन्तपुरस्थित नौतले दरबार पुनर्निर्माण सम्पन्न गरेको प्रमाणपत्र आदानप्रदान, भैंसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकल, स्वयंसेवी चिनियाँ भाषा शिक्षक तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्री लीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन्।

ओलीले ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्नुका साथै चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङस्थित संग्रहालय अवलोकन र पेकिङ विश्वविद्यालयमा सम्बोधनसमेत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win