+
+

राहुल गान्धी भन्छन्- एक्जिट पोल ‘मोदी मिडिया पोल’ हो, सरकार हाम्रै बन्छ

183 पटक हेरिएको
Clock २०८१ जेष्ठ २०, आईतवार ०९:५६
-- Sponsored --

AI सारांश

Fast AI

१. भारतीय जनता पार्टीले पुन: भारि बहुमत ल्याउने अनुमान गरेपछि कांग्रेस नेता राहुल गान्धीले ‘मोदी मिडिया पोल’ भएको टिप्पणी गरेका छन् ।
२. अधिकांश च्यानलहरूको एक्जिट पोलले बीजेपी नेतृत्वको एनडीएले ५४३ मध्ये ३५० भन्दा बढी सीट जित्ने भविष्यवाणी गरेका छन् ।
३. भारतमा ७ चरणको मतदानपछि जुन ४ मा नतिजा आउनेछ ।

काठमाडौँ । भारतमा शनिबार लोकसभाको मतदान सकिएपछि आएका एक्जिट पोलमा भारतीय जनता पार्टीले पुन: भारि बहुमत ल्याउने अनुमान गरेपछि कांग्रेस नेता राहुल गान्धीले ‘मोदी मिडिया पोल’ भएको टिप्पणी गरेका छन् ।

अधिकांश च्यानलहरूको एक्जिट पोलले बीजेपी नेतृत्वको एनडीएले ५४३ मध्ये ३५० भन्दा बढी सीट जित्ने भविष्यवाणी गरेका छन् ।

कांग्रेस नेता राहुल गान्धीले एक्जिट पोल बारे टिप्पणी गर्दै भने- ‘यसको नाम एक्जिट पोल होइन, यो मोदी मिडिया पोल हो, यो मोदी जीको पोल हो, यो उनको कल्पनाको पोल हो ।’

कांग्रेससहितको इन्डिया गठबन्धनले २९५ सिट जित्ने र केन्द्रमा सरकार बनाउने दाबि गरेका छन् ।

शनिबार राति सार्बजनिक एक्जिट पोललाई अधिकांश विपक्षी नेताहरूले अस्वीकार गर्दै जुन ४ मा आउने नतिजामा भारत गठबन्धन सरकार बनाउने दाबी गरेका छन् ।

भारतमा ७ चरणको मतदानपछि जुन ४ मा नतिजा आउनेछ ।

सबै एक्जिट पोलले प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार तेस्रो पटक पूर्ण बहुमतका साथ सत्ता हात पार्ने सङ्केत गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win