+
+

गण्डकीमा सरकार विस्तार- देवकोटा र मनाङे बने मन्त्री

233 पटक हेरिएको
Clock २०८१ जेष्ठ २९, मंगलवार १५:१९
-- Sponsored --

AI सारांश

Fast AI

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् ।
मुख्यमन्त्री पाण्डेले स्वतन्त्र सांसद राजिब गुरूङ र माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित भएका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटालाई मन्त्री बनाएका हुन् ।
दुवै नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख भट्टले शपथ गराएका छन् । गुरुङले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् भने देवकोटाले उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले स्वतन्त्र सांसद राजिब गुरूङ (दीपक मनाङे) र माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित भएका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटालाई मन्त्री बनाएका हुन् ।

मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले गुरूङ र देवकोटालाई मंगलबार मन्त्री नियुक्त गरेका हुन्।

दुवै नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख भट्टले शपथ गराएका छन् । गुरुङले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् भने देवकोटाले उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस अघि मुख्यमन्त्री पाण्डेले सोमबार विश्वास मत प्राप्त गरेका थिए । उनलाई कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र १ र माओवादीको चुनाव चिह्नबाट जितेका नेपाल समाजवादी पार्टीका देवकोटाले विश्वास मत दिएका थिए । विश्वासको मत दिएको राप्रपा भने सरकारमा सहभागी नहुने भएको छ ।

गण्डकीमा यसअघि कांग्रेसबाट विन्दुकुमार थापा सामाजिक विकास र टकराज गुरूङ आर्थिक मामिला मन्त्री बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win