+
+

बिष बनाएर बेचिँदै फलको राजा आँप

Clock २०८१ असार ८, शनिबार १०:१९
-- Sponsored --

सञ्जय मिश्रा रौतहट । आँपलाई फलको राजा भनिन्छ, हुन त अरु फलहरूको पनि आआफ्नै गुण महत्व र विशेषताहरु नभएका होइनन् तर आँप भनेपछि यसको स्वाद, महत्व, विषेशता र यो फल खाएर पाईने सन्तुष्टी कै कारण यसलाई फलको राजा भानिन्छ ।

प्राकृतिक रूपमा पाकेको आँप खान कसलाई मन पर्दैन अर्थात यो फल मन पराउने सायद बिरलै मानिस होला । पाकेको आँप त्यसै खाँदा पनि हुने, भात, रोटी, चिउरा जेसंग मिसाएर खाँदा त्यतिकै सन्तुष्टी पाईन्छ । हुन त सहरी क्षेत्रमा दूध, बरफ लगायत अन्य सामाग्री मिसाएर म्याङ्गो सेक बनाएर समेत खाने गरिन्छ । तर पछिल्लो समय व्यापारीहरूले बिभिन्न केमिकलको प्रयोग गरेर कृतिम रूपमा पकाएको आँप मानव स्वास्थको लागि मन्द बिष बन्दै गएको छ । फलको राजा आँपलाई बिष बनाएर खुलेआम बिक्री गरिरहँदा पनी राज्य मुकदर्शक बनेको छ ।

आँपको इतिहास:

हजारौँ बर्ष अगाडि पूर्वोत्तर भारत, म्यान्मार र बांग्लादेशमा आँपको खेती पैदावार सुरु भएको थियो । जहाँबाट यो दक्षिण भारत आएको थियो । आँपको सबभन्दा पहलो नाम ‘आम्र-फल’ राखिएको थियो । यसलाई प्रारम्भिक वैदिक साहित्यमा ‘रसाला’ र ‘सहकार’ को रूपमा पनि सन्दर्भित गरिएको थियो, जसको उल्लेख बृहदारण्यक उपनिषद र पुराणमा पनि पाईन्छ । यसमा आमको रुखलाई काट्नुलाई निन्दाको रुपमा उल्लेख गरिएको छ । दक्षिण भारतमा यो फलको नाम तमिलमा अनुवाद गर्दा ‘आम-काय’ राखिएको छ । जुन बोलचालको भाषामा बदलेर बिस्तारै ‘मामकाय’ बन गयो । मलयाली मानिसहरूले यसलाई पछि गएर ‘मांगा’ को नाम  बदलेको थियो । केरलमा पुर्तगालीले यो फलसँग मोहित भएर यसलाई उनीहरूले आपको रूपमा अहिले रहेको ईतिहास छ ।

आँप र बुद्धको बीचको सम्बन्ध:

समय परिवर्तन हुँदै गयो, तर आप प्रतिको प्रेम र सम्मानमा कुनै कमी आएको छैन । गौतम बुद्धको समय कालमा आपको अझै बढी लोकप्रियता हासिल गरेको थियो । बौद्ध धर्मको  उदयसंगै, आप र बुद्ध धर्मका अनुयायीबीच आस्था र समृद्धिको प्रतिनिधित्व गरेको थियो । त्यस समय आमलाई एउटा उपहारको रूपमा आदान-प्रदान गर्न शुरू गरिएको थियो । त्यतिमात्र नभई कूटनीतिको लागि पनि आपको प्रयोग भइरहेको थियो । सो समयकालमा बौद्ध भिक्षु जहाँ जाँदा पनि साथमा आप लिएर जान्थे, सो समय आप फल मानिसहरूको बीचमा निकै लोकप्रिय भएको थियो ।

समृद्धिको प्रतीक आँप:

प्राचीन भारतका शुरुआती लेखक-यात्री मेगस्थनीज र ह्सियुन-त्सांगले लेखेका छन- कसरी प्राचीन भारतीय राजा, विशेष रूपमा मौर्य, आपलाई समृद्धिको प्रतीकको रूप मान्दथे र सड़क राजमार्गहरुको छेउमा आपको बिरुवा लगाउँदथे । यसको अलावा उनीहरूले आप फलको अविश्वसनीय स्वादको के बारेमा पनि लेखेका थिए, जसको कारण आप भारतभन्दा बाहर पनि निकै लोकप्रिय भएको थियो । मुंडा आदिवासिहरु र स्वामी चक्रधरको दत्तराय संप्रदायले पनी यस फललाई प्राचीन भारतको  जन-जनसम्म पुर्याउन महत्वपूर्ण भूमिका निभाएका थिए ।

मुगल कालको अलाउद्दीन खिलजी आपको पहिलो संरक्षक बने । उनले आफ्नो किलामा एउटा भव्य भोजको आयोजना गरेका थिए, जसको मेन्यूमा अलग-अलग किसिमको आपको अलावा केही पनि थिएन । यसको अलावा आपको एउटा छुट्टै कथा छ, जुन आपप्रति मुगलहरुको प्रेम दर्शाउछ । भनिन्छ उनीहरू भारतबाट काबुल भाग्ने समय हुमायूंले आपको ठूलो भण्डार लगेका थिए । त्यसैगरी सो कालमा अकबरले बिहारको दरभंगा नजिकै आँपको विशाल लक्खी बाग बनाएको थियो । जसमा एक लाख भन्दा बढी आपको रुख थियो । 

तोतापुरी, रटौल र केसरसहित महंगो जातको आपको  शुरुआत त्यहीँबाट भएको मानिन्छ । यसको अलावा प्राचीनकाल भारतीय शासकहरूसंग जोडिएको आँपको अनेकौं कथाले पनि यसको महत्व झल्काउँछ ।

अंग्रेजहरुले कम गरे आँपको वर्चस्व

यूरोपीयनहरू भारतमा आएपछि आँपको वर्चस्व निकै प्रभावित भएको थियो । आँपको शाही ठाठ पनी बस्तारै कम भएको थियो । भारतमा अहिले पनि अहमदाबाद, लखनऊ, इलाहाबाद, दिल्ली र गोवामा प्रत्येक बर्ष मैंगो फेस्टिवल मनाईन्छ । यसले एउटा सांस्कृतिक विरासतको रूपमा तर को पहिचान गराउन मद्दत गर्छ ।

यस्तो ईतिहाँस बोकेको फलको राजा आँपलाई अतिज्वलनशिल पदार्थ कार्वाईड प्रयोग गरी पलाएर मन्द बिषको रुपमा बनाई रहँदा राज्य मुकदर्शक बनेको छ । सरोकारवाला निकायको बेवास्ताको कारण देशका साना ठूला प्रत्येक बजारमा समयअगावै कार्वाईड हालेर पकाइएको आँप व्यापारीले बिक्री गरिरहेका छन् । यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएका आँप स्वास्थ्यका लागि निकै हानिकारक हुने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । सुर्या अस्पताल वीरगन्जका डा. सरोज सिंहले हानिकारक रसायन हालेर पकाएको आँप खाँदा मानिसलाई रिङ्गटा लाग्ने, वाकवाकी आउने, पेट पोल्ने र झाडापखाला हुने तथा शरीरमा विभिन्न समस्या आउन सक्ने बताएका छन ।

विषादी प्रयोग गरेको आँप खाँदा दीर्घकालीन रुपमा मानसिक रोग, टाउको दुख्ने, अनिद्रा, स्मरण शक्तिमा ह्रास, मस्तिष्क, आँखा र मिर्गौलामा असर पर्न सक्ने उनको भनाइ रहेको छ । त्यसैगरी बढ्दो तापक्रमले दैनिकी कष्टकर बनिरहेका बेला विषादी हालेर पकाइएका आँप खाँदा स्वास्थ्यमा थप असर गर्ने वीरगन्जका अर्का डा. अशोक दासले बताएका छन । ‘कार्बाइड हालेर पकाइएको आँप खाँदा तत्काल पेट दुख्ने, बान्ता हुनेजस्ता स्वास्थ्य समस्या देखिन्छ’, डा. दासले भने । प्राकृतिक रूपमा साउनदेखि भदौमा पाक्ने आँपहरु केमिकल राखेर जेठ असारमै सकाई रहेका छन् । यसरी मानव स्वास्थसँग प्रत्यक्ष रूपमा खेलवाड भईरहँदा राज्य मौन हुनु ठूलो विडम्बना भएको जानकारहरु बताछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

दोस्रो कुम्मायक–कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप–२०८३ बैशाख १९ देखि सञ्चालन हुने

दोस्रो कुम्मायक–कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप–२०८३ बैशाख १९ देखि सञ्चालन हुने

जातीय छुवाछुत अन्त्यका लागि आयोजित तिनदिने सवाल पहिचान कार्यशाला सम्पन्न

जातीय छुवाछुत अन्त्यका लागि आयोजित तिनदिने सवाल पहिचान कार्यशाला सम्पन्न

जातीय विभेद अन्त्यका लागि सरोकारवालाबीच संवाद

जातीय विभेद अन्त्यका लागि सरोकारवालाबीच संवाद

विशिष्टकृत समूहहरुबीच संवादमार्फत दलित समुदायका सवाल पहिचान कार्यशाला सुरु

विशिष्टकृत समूहहरुबीच संवादमार्फत दलित समुदायका सवाल पहिचान कार्यशाला सुरु

जिप दुर्घटनामा एक जनाको मृत्यु

जिप दुर्घटनामा एक जनाको मृत्यु

जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री

नेपाल पत्रकार महासंघ पाँचथरको समाचार वाचन प्रतियोगिता सम्पन्न, जबेगू प्रथम

नेपाल पत्रकार महासंघ पाँचथरको समाचार वाचन प्रतियोगिता सम्पन्न, जबेगू प्रथम

‘दोस्रो फाल्गुनन्द साहित्य महोत्सव’ तिजोक बहुसाँस्कृतिक पार्कमा सञ्चालन हुने

‘दोस्रो फाल्गुनन्द साहित्य महोत्सव’ तिजोक बहुसाँस्कृतिक पार्कमा सञ्चालन हुने

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’संरक्षणमा स्थानीय सरकार

एसईईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप

एसईईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप

धेरै कमेन्ट गरिएका

1

दोस्रो कुम्मायक–कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप–२०८३ बैशाख १९ देखि सञ्चालन हुने

0

प्रहरी कार्यालय तोडफोड, आगजनी तथा प्रहरीलाई दुर्व्यवहार गर्ने ५ जना पक्राउ

0

पाँचथरमा लागुऔषध सहीत ५ जना पक्राउ

0

पाँचथरमा गोरुले हानेर भिरबाट लड्दा एक जनाको मृत्यु

0

पाँचथरमा थपिए दुई हजार ६ सय ९० नयाँ मतदाता

0

फालेलुङ ३ र ४ को संगमस्थल थप्लि डाँडा–सिर्लिङगी टारमा तेस्रो फालेलुङ पर्यटन महोत्सव लाग्दै

0

गाउँपालिका अध्यक्षद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

0

भोजपुरका किसान कोदो थन्क्याउन व्यस्त

0

दोस्रो याम्बातपुङ गोल्डको च्याम्पियन चौबन्दी एफसी एकतप्पा

0

‘लिम्बुवान गेट’ पुनः निर्माणको तयारी

सिफारिस

विज्ञापनहरु