0 प्रतिक्रिया
जिप दुर्घटनामा एक जनाको मृत्यु
AI सारांश
Fast AIपाँचथरमा पिकअप दुर्घटनाबारे ३ बुँदे सारांश:
१. हिलिहाङ गाउँपालिका–५ स्थित बञ्चरेडाँडामा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
२. दुर्घटनामा मृत हुनुभएका पिकअप धनी हिलिहाङ–५ का आभास माबो छन्।
३. दुर्घटनामा सोही स्थानका सन्दीप उभरकोटी र पिकअप चालक झापा बुद्धशान्ति गाउँपालिका–६ का कृष्णबहादुर बराइली घाइते भएका छन्।
पाँचथर, १९ चैतः पाँचथरमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
हिलिहाङ गाउँपालिका–५ स्थित बञ्चरेडाँडामा मे१च ६०२९ नम्बरको पिकअप दुर्घटना हुँदा पिकअप धनी हिलिहाङ–५ का आभास माबोको मृत्यु भएको हो। मेची राजमार्गको डोपकिलेबाट अम्रिसोको कुचो लिई सुभाङतर्फ गइरहेको पिअकप आज दिउँसो २ः२० बजे घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएका २४ वर्षीय माबोलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएकामा चिकित्सकले मृत घोषित गरेका हुन्।
दुर्घटनामा सोही स्थानका सन्दीप उभरकोटी र पिकअप चालक झापा बुद्धशान्ति गाउँपालिका–६ का कृष्णबहादुर बराइली घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिनुभयो । —
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









