0 प्रतिक्रिया
डिजे साउण्ड नबजाउन रौतहट प्रहरीको अनुरोध: ५० लाखसम्म जरिबाना हुनसक्ने चेतावनी
AI सारांश
Fast AI१. जिल्ला प्रहरी कार्यालय रौतहटले मानव स्वास्थ्य माथि प्रतिकूल असर पर्ने डिजे साउण्ड सिस्टम न बजाउन अनुरोध गरेको छ।
२. रौतहट जिल्लामा सार्वजनिक सडक, बिद्यालय, सरकारी कार्यालय लगायत स्थानमा मानव स्वास्थमा जोखिम बढ्ने गरी डिजे साउण्ड सिस्टम बाट चर्को आवाजमा अभद्र उच्चश्रीङ्खल प्रकारको संगीत बजाएको देखिएको छ।
३. डिजे साउण्ड सिस्टम न बजाउने आग्रहको बेवास्ता गरेको पाइएमा कानुन अनुसार डिजे सहितको सामान जफत गरी कडा कार्वाही गरिने छ।
सञ्जय मिश्रा, रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले मानव स्वास्थ्य माथि प्रतिकूल असर पर्ने डिजे साउण्ड सिस्टम न बजाउन अनुरोध गरेको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले सूचना जारी गर्दै डिजे साउण्ड सिस्टम नबजाउन जनसमुदायलाई आग्रह गरेको हो । बेवास्ता गर्ने लाई कडा कार्वाही गर्ने चेतावनी समेत दिइएको छ।
रौतहट जिल्लाको सार्वजनिक सडक, बिद्यालय, सरकारी कार्यालय लगायत स्थानमा मानव स्वास्थमा जोखिम बढ्ने गरी डिजे साउण्ड सिस्टम बाट चर्को आवाजमा अभद्र उच्चश्रीङ्खल प्रकारको संगीत बजाएको देखिएको छ। त्यस्तो गीतको कारण सामाजिक तनाव, द्वन्दको अवस्था श्रृजना गरेको छ। सामाजमा मानसिक तथा शारीरिक स्वास्थ्यमा समस्या उत्पन्न भएर झैझगडाको घटना बढेको, विद्यार्थीको पठनपाठन, सरकारी कार्यालयको कामकाजमा असर परेको र ध्वनि प्रदुषणले जनस्वास्थ्यमा प्रतिकूल असर परेको पटकपटक गुनासो आएको हुँदा डिजे साउण्ड सिस्टम न बजाउन प्रहरीले अनुरोध गरेको छ ।
डिजेको ध्वनिबाट महिला, पुरुष, वृद्ध वृद्धा, गर्भवती,बालबालिकाको स्वास्थमा समेत गम्भीर असर परेको हुँदा सबै सचेत रहन आग्रह गरिएको छ। आग्रहको बेवास्ता गरेको पाइएमा कानुन अनुसार डिजे सहितको सामान जफत गरी कडा कार्वाही गरिने छ।
बाताबरण संरक्षण एन २०७६ को परिच्छेद ३ को दफा १५ को उप दफा १ बमोजिम डिजे बजाउने लाई न्यूनतम ५ लाख देखि अधिकतम ५० लाखसम्म जरिवाना तथा क्षतिपूर्तिको व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता तथा डिएसपी एलिजा गिरी द्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









