+
+

फिदिम–६ ठुलो गाउँमा वेमौसमी तरकारी खेती तालिम सम्पन्न

183 पटक हेरिएको
Clock २०८२ जेष्ठ १२, सोमबार २२:०४
-- Sponsored --

AI सारांश

Fast AI

१. फिदिम नगरपालिका–६ ठुलो गाउँमा दुई दिने बेमौसमी तरकारी खेती तालिम सम्पन्न भएको छ।
२. तालिममा प्रशिक्षार्थीहरुले प्रयोगात्मक रुपमा नर्सरी तयार गर्ने साथै जैविक मल समेत तयार गरेका थिए।
३. दुई दिने तालिममा ३० जना सहाभागी थिए र सहाभागिहरुमा आवश्यक विउ वितरण गरिएको थियो।

पाँचथर । फिदिम नगरपालिका–६ ठुलो गाउँमा दुई दिने बेमौसमी तरकारी खेती तालिम सम्पन्न भएको छ।
जेठ १० गतेदेखी स्वलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय फिदिमले आयोजना गरेको तालिम आइतबार सम्पन्न भएको हो।
महेन्द्र लुइटेलको सहजीकरणमा भएको तालिममा प्रशिक्षार्थीहरुले प्रयोगात्मक रुपमा नर्सरी तयार गर्ने साथै जैविक मल समेत तयार गरेका थिए।
समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लले कृषिमा धेरै लगानी गरिरहेको र यस तालिम लिएर जैविक मल बनाउन आवश्यक सामाग्री वडासंग सहकार्य गरेर उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागिहरुमा आवश्यक विउ वितरण गरिएको थियो। दुई दिने तालिममा ३० जना सहाभागी थिए। कार्यक्रममा काफलबोटे आधारभूत विद्यालयका प्रध्यानाध्यापक हुकुम बहादुर थापा, मगर संग फिदिम ६ का अध्यक्ष लोकेन्द्र सारु समाजसेवि डिगवीर मगर, धनप्रसाद सारुलगायतको उपस्थिती रहेको थियो।
कार्यक्रम स्वलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय फिदिमका शाखा प्रमुख सूर्य योङहाङको अध्यक्षता सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win