+
+

रेल्वे विभागले सुचना लुकाएको भन्दै अदालतको परमादेश जारी

161 पटक हेरिएको
Clock २०८१ भाद्र २५, मंगलवार २०:२५
-- Sponsored --

AI सारांश

Fast AI

नेपाली समाचारको ३ वटा बुँदामा छोटो सारांश निम्नानुसार छ:

१. रेल्वे पिडितहरुले माग गरेको सुचना नदिएपछि उनीहरुले राष्ट्रिय सुचना आयोग, रेल विभागका माहानिर्देशक र सुचना अधिकारीविरुद्ध रिट दायर गरेका थिए।

२. रेल्वे पिडितहरुले मुआव्जा सम्बन्धि मापदण्ड निर्धारणको कागजात, निर्धारण गर्दा लिएको वाटो सम्बन्धि आधार, मुआव्जा बुझिलिनेको नामावली, बर्दिवास नगरपालिकाले प्रदान गरेको नक्सा जस्ता विषयहरु माग गरेका थिए।

३. उच्च अदालत पाटनले उत्प्रेषण परमादेश जारी गर्दै सुचना उपलब्ध गराउन आदेश जारी गरेको छ, जसले नेपालको संविधान धारा-२७ तथा सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ७ को उपदफा १ र २ बमोजिम सुचनाको हकको सुनिश्यत गर्दै आवस्यक सुचना उपलब्ध गराउनुपर्ने निर्देशन समेत भएको छ।

बिशाल बस्नेत/न्युज कारखाना 

२५ भदौ, महोत्तरी 

रेल्वे विभागले सुचना लुकाएको भन्दै बर्दिवास रेल्वे पिडितले दिएको रिटउपर उच्च अदालत पाटनले उत्प्रेषण परमादेश जारी गरेको छ ।

रेल्वे पिडितहरुले पटक-पटक सुचना माग्दा पनि सुचना लुकाएको व्यहोरासहित बर्दिवास-१ का ज्ञान बहादुर थापाले पिडितहरुको प्रतिनिधित्व गर्दै राष्ट्रिय सुचना आयोग, रेल विभागका माहानिर्देशक रोहित कुमार बिसुराल र सुचना अधिकारीविरुद्ध दायर  गरेको रिटमाथी अविलम्ब सुचना उपलब्ध गराउन आदेश जारी भएको हो ।

रेल्वे पिडितहरुले  २७ चैत्र २०८० मा मुआव्जा सम्बन्धि मापदण्ड निर्धारणको कागजात, निर्धारण गर्दा लिएको वाटो सम्बन्धि आधार, मुआव्जा बुझिलिनेको नामावली, बर्दिवास नगरपालिकाले प्रदान गरेको नक्सा जस्ता विषयहरु माग गर्दा नदिएपछि मुद्दा दर्ता गरेका थिए ।

संयुक्त इजलाशवाट न्यायधिशद्वय विदुर कोइराला र रमेश ढकालले १९ भदौमा गरेको फैशालाले निवेदकले माग गरेको सुचना अविलम्ब उपलब्ध गराउन आदेश जारी गरेको हो ।

नेपालको संविधान धारा-२७ तथा सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ७ को उपदफा १ र २ बम्मोजिम सुचनाको हकको सुनिश्यत गर्दै आवस्यक सुचना उपलब्ध गराउनुपर्ने निर्देशन समेत भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win