+
+

रौतहटको राजपुरमा फैलिएको हैजा नियन्त्रण हुँदै

146 पटक हेरिएको
Clock २०८१ आश्विन १०, बिहीबार १०:३५
-- Sponsored --

AI सारांश

Fast AI

१. राजपुर नगरपालिकाको दुई वडामा फैलिएको हैजा क्रमशः नियन्त्रण हुँदै गएको छ।
२. समयमै निषेधित क्षेत्र घोषणा र डाक्टरहरु अहोरात्र खटेर गरिरहेको उपचारले हैजाको कारण कसैले पनि ज्यान गुमाउनु नपरेको छ।
३. हाल प्राथमिक स्वास्थ केन्द्र राजापुरमा मात्र १ जना हैजा सङ्क्रमित महिलाको उपचार भईरहेको छ अन्य सबै निको भएर आआफ्नो घरमा फर्किसकेका छन्।

सञ्जय मिश्रा, रौतहट । पछिल्लो ८ दिनदेखि राजपुर नगरपालिकाको दुई वडामा फैलिएको  हैजा क्रमश: नियन्त्रण हुँदै गएको छ । समयमै निषेधित क्षेत्र घोषणा र डाक्टरहरु अहोरात्र खटेर गरिरहेको उपचारले हैजाको कारण कसैले पनि ज्यान गुमाउनु नपरेको स्थानीयले बताएका छन् ।

हैजा अन्य समुदायमा फैलिन नदिन रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गत ६ गते एक सूचना जारी गर्दै वडा ४ लाई निषेधित क्षेत्र घोषणा गरेका थिए ।  वडा नम्बर ४ स्थित जोबैर चौकदेखि मदनी चौक, शेख अब्दुल्लाहको खलीहान देखि डाक्टर नुरुल होदाको घरसम्मको वरिपरी क्षेत्र लाई निषेधित क्षेत्र घोषणा गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी रेग्मी, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईं राष्ट्रिय अनुसन्धानका एसपी अभिनय कुमार सिंह सहित सुरक्षा अधिकारीको टोली हैजा प्रभावित क्षेत्रमा स्थलगत अनुगमन निरीक्षण गरेपछि निषेधित क्षेत्र घोषणा गरिएको ।

असोज २ गतेदेखि राजपुर- ४ मा १ जना बिरामीबाट सुरुभएको हैजा ६ गतेसम्म वडा ३ मा समेत गरी ६० जना भन्दा बढी महिला, पुरूष बालबालिकामा लागेपछि नगरपालिकाको अनुरोधमा वडा नम्बर ४ लाई निषेधित गरिएको थियो ।

सम्पूर्ण बिरामीलाई राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखेर उपचार गरिएको नगर स्वास्थ्य संयोजक खुर्शैद आलमले जानकारी दिएका छन् ।  हैजा प्रभावित ६० जनाभन्दा बढी बिरामी क्रमश: निको हुँदै घर फर्किसकेका स्वास्थ कार्यालय रौतहटका प्रमुख महेश साहले बताएका छन् ।

प्रमुख साहका अनुसार हाल प्राथमिक स्वास्थ केन्द्र राजापुरमा मात्र १ जना हैजा सङ्क्रमित महिलाको उपचार भईरहेको छ अन्य सबै निको भएर आआफ्नो घरमा फर्किसकेका छन् ।

दुषित खाने पानीको प्रयोगले राजापुरको दुईटा वडामा हैजा रोग फैलिएको हुनसक्ने डाक्टरहरूको प्रारम्भिक अनुमान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win