+
+

ढोरपाटनका मेयर नेपालीलाई बागलुङ पठाइयो

136 पटक हेरिएको
Clock २०८१ आश्विन १३, आईतवार १४:५९
-- Sponsored --

AI सारांश

Fast AI

१. सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको छ ।
२. नेपाल प्रहरीले नेपालीका दाजु ओम प्रसाद दर्जीलाई पनि पक्राउ गरेर बाग्लुङ पठाएको छ ।
३. नेपाली सहित ११ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ, जसमा डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको आरोप लागेको छ ।

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको छ ।

भारतको नयाँ दिल्लीमा पक्राउ परेका नेपालीलाई शनिबार ल्याइएको थियो ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपालीलाई आइतबार बाग्लुङ पठाइएको जानकारी दिएको छ । प्रहरीले नेपालीका दाजु ओम प्रसाद दर्जीलाई पनि पक्राउ गरेर बाग्लुङ पठाएको जनाएको छ ।

नेपाली फरार भएपछि २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।

बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरी उनी फरार रहेका थिए । यो सहकारी प्रकरणमा मुछिएका अरू केही सञ्चालक र कर्मचारीविरुद्ध मुद्दा चलेपनि उनी कारबाहीको दायराबाहिर थिए ।

उनी इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् । उनीसहित सहकारी सञ्चालकले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको मुद्दा बागलुङ जिल्ला अदालतमा विचाराधीन छ ।

उनीसहित ११ जनाविरुद्ध २०८० असार २५ गते जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । नेपाली ०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट मेयरमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win