+
+

सिरियाका नयाँ प्रधानमन्त्रीको इन्जिनियर देखी बिद्रोही नेतासम्मको यात्रा

58 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८१ मंसिर २६, बुधबार ०९:२६
-- Sponsored --

AI सारांश

Fast AI

अहिले सेवा व्यस्त छ, कृपया केही समय पछि हेर्नुहोला।

दमास्कस, २६ मंसीर । सिरियामा राष्ट्रपति बसर अल–असदलाई सत्ताबाट हटाउने विद्रोही समूहले मोहम्मद अल–बसिरलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेका छन्।

अन्तरिम कालका लागि नबनियुक्त प्रधानमन्त्री अल बशीरलाई विद्रोही समुहको मास्टरमाइन्ड मानिन्छ। बशर अल असदलाई सत्ताच्युत गर्न उनले निकै ठुलो भुमिका र सहयोग गरेका थिए। 

प्रधानमन्त्री नियुक्त भएलगत्तै अल बसिरले आउँदो मार्च १ सम्म पदमा रहने घोषणा गरेका छन, त्यसपछि निर्वाचन हुनेछ। 

मोहम्मद अल बशीरको सानो मन्त्रिपरिषद हुनेछ, जसले गर्दा देशको कामकाज प्रभावित नहोस् भन्नेमा बढी ध्यान दिनेछ । यसअघि इदलिब प्रान्तको प्रशासनको जिम्मेवारी मोहम्मद अल बशीरसँग थियो। सोही प्रान्तमा नै बसेर विद्रोही समुहले बसर अल असदलाई सत्ताबाट हटाउने तयारी गरिरहेका थिए, जुन सफल पनि भयो।

केही सरकारी निकायले निजामती कर्मचारी र स्वास्थ्यकर्मीलाई काममा फर्किन आग्रह गरे पछि उनी प्रधानमन्त्री भएको घोषणा गरिएको थियो। 

अबुधाबीको अखबार द नेशनलका अनुसार अल बशीरले सिरियाली मुक्ति सरकारको हिस्साको रूपमा सिरियाको उत्तरपश्चिमी भागहरूमा शासन गरेको अनुभव रहेको छ।

खासमा को हुन त बशीर ?

सन् १९८३ मा इदलिबको जबल जाविया क्षेत्रमा जन्मेका अल बशीरको इन्जिनियरबाट विवादास्पद सरकारको नेतासम्मको यात्रा निकै रोचक छ । सन २००७ मा उनले एलेप्पो विश्वविद्यालयबाट संचारमा स्नातकोत्तरका साथै इलेक्ट्रिकल र इलेक्ट्रोनिक ईन्जिनियरिङ्मा डिग्री प्राप्त गरेका छन।

सन २०१० मा उनले सिरियाली शिक्षा मन्त्रालयले सुरु गरेको कार्यक्रम अन्तर्गत अंग्रेजी पनि सिकेका छन भने सन २०२१ मा उनले इडलिब विश्वविद्यालयबाट शरिया कानूनमा स्नातकोत्तर गरेका थिए।

साथै, उनीसँग सिरियन इन्टरनेशनल एकेडेमी फर ट्रेनिङ, ल्याङ्ग्वेज र कन्सल्टिङबाट प्रशासनमा प्रमाणपत्र पनि छ।

राजनीतिमा आउनुअघि अल बशीरले सिरियाली ग्यास कम्पनीमा इन्जिनियरको रूपमा काम गर्दथे, जब सन २०११ मा सिरियामा विद्रोह पछि स्थिति परिवर्तन भयो, अल बशीर आफ्नो सरकारी जागिर छोडेर बिद्रोही समुहमा लागेका थिए ।

सन २०२२ देखि २०२३ सम्म मन्त्रीको रूपमा काम गरेका उनले युद्धग्रस्त उत्तर पश्चिमी सिरियामा धेरै मानिसहरूलाई मद्दत गरेकाले त्यहाँ लोकप्रिय पनि रहेका छन।

उनैको काँधमा अहिले सिरिया भबिश्य थमाइएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win