Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "wc-add-to-cart" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/newsgala/bishwasanchar.com/wp-includes/functions.php on line 6131

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "woocommerce" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/newsgala/bishwasanchar.com/wp-includes/functions.php on line 6131

Notice: Function WP_Scripts::add was called incorrectly. The script with the handle "script" was enqueued with dependencies that are not registered: jquery. Please see Debugging in WordPress for more information. (This message was added in version 6.9.1.) in /home/newsgala/bishwasanchar.com/wp-includes/functions.php on line 6131
Comments Add Comment

‘कोर्काली’ को त्रैभाषिक लिमरिक सङ्ग्रह बजारमा

रवीन्द्र काफ्ले

पाँचथर, २१ पुसः

पाँचथरका लेखक रविन तिम्सिना ‘कोर्काली’ले तीन वटा भाषामा लेखिएको लिमरिक सङ्ग्रह ‘शक्ति’ बजारमा ल्याउनु भएको छ।

७२ वटा लिमरिक समावेश भएको उक्त सङ्ग्रहमा जीवन जगत, प्रेम, समाज, संस्कृति, सामाजिक समस्या र विकृति, राजनीति लगायतका विषयवस्तुहरु समावेश छन । ७२ वटै लिमरिकहरु नेपाली, अङ्ग्रेजी र सिरिजङ्गा लिपि (लिम्बू भाषा) मा रहेका छन । तिम्सिनाका लिमरिकहरुको अङ्ग्रेजी अनुवाद बालिका थपलिया र सिरिजङ्गा लिपिमा अनुवाद साहित्यकार तिलविक्रम नेम्बाङ (भित्राङ्गी काइला) ले गर्नुभएको हो।

जिल्लाको तुम्बेवा गाउँपालिकाका उपाध्यक्ष खड्गसुन्दर सम्बाहाम्फेले प्रकाशन गर्नुभएको उक्त सङ्ग्रह एक हजार प्रति प्रकाशन भएको लेखक तिम्सिनाले जानकारी दिनुभयो। उक्त पुस्तक पाँचथरसहित पूर्वका पुस्तक पसलहरुमा उपलब्ध हुने लेखकको भनाइ छ।

लिमरिक पाँच पङ्तिको हास्यब्यङ्ग्य कविता हो । पाँच पङ्तिमध्ये पहिलो, दोश्रो र पाचौं पङ्तिमा अन्त्यानुप्रास मिलेको हुनुर्छ भने दोश्रो र चौथो आपसमा मिलेको हुनुपर्छ । पहिलो, दोश्रो र पाचौं पङ्तिमा सरदर १६ अक्षर तथा तेश्रो र चौथोमा सरदर १० अक्षर हुने गर्दछन । लिमरिकमा हास्यब्यङ्ग्य, यौन, प्रकृति लगायत कुराहरुलाई समेत जोड्ने गरिन्छ। पाँचथरका लेखक प्रेमप्रसाद नेपालले उक्त लिमरिक सङ्ग्रहमा रहेका रचनाको भाव केलाउन समय लागेको र रचनाहरु धेरै नै शक्तिशाली रहेको वताउनुभयो।

अग्रज साहित्यकार प्रेम ओझाका अनुसार तीन भाषामा रहेको लिमरिक सङ्ग्रह नेपालकै पहिलो हो। नेपालमा हालसम्म पनि लिमरिक सङ्ग्रह फेला नपरेपनि प्रकाशन भएको हुनसक्ने तर त्रैभाषिक प्रकाशन नभएको ओझाले वताउनुभयो । उक्त कृति प्रकाशनले नेपाली साहित्यमा नयाँ इटा थपिएको र लिमरिक खेलनमा उत्प्रेरणा दिने उहाँको भनाइ छ। अझ स्थानीय सरकारले लगानी गरेर उक्त सङ्ग्रह प्रकाशनमा ल्याउनुले स्थानीय तहहरुले कला, भाषा र साहित्यको विकासमा लगानी गर्नु र अपनत्व लिनु उपयुक्त हुने देखिएको अग्रज साहित्यकार ओझाले वताउनुभयो।

उक्त सङ्ग्रहमै समावेश भएको ‘शक्ति’ लिमरिकमा भनिएको छ

आणविक अस्त्रले संसार हल्लाउनेहरु

शक्तिको साङ्लोले दुनियाँलाई बाँध्नेहरु

सक्छौ पृथ्वी एक क्षण रोक,

‘ए’ अघि ‘जेड’ पछि के हुन्छ तोक,

प्रकृतिमाथि नै कुशासन गर्न खोज्नेहरु ।

यसअघि लेखक तिम्सिनाका ‘जेल मेरो विश्व विद्यालय’ र ‘प्रधानमन्त्रीलाई चिठ्ठी’ नामक कृति प्रकाशनमा आइसकेका छन। लेखक तिम्सिनाले वि.सं. २०५९ सालमा ६९ वटा तथा वि.सं. २०८० सालमा चार वटा रचना गरी लिमिरक सङ्ग्रह ‘शक्ति’ लाई बजारमा ल्याएको वताउनुभयो । रु. १९९ मूल्यको उक्त सङ्ग्रहको बिक्रीबाट सङ्कलन हुने सबै रकम असहाय विद्यार्थीहरुको पठनपाठनमा सहयोग गर्ने लेखक तिम्सिनाले वताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै