पाँचथर । पाँचथरको फिदिममा चैत्र १५ गते शुक्रबार आयोजित पत्रकारिता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको आयोजना, महासंघ पाँचथर शाखाको समन्वय र प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा आयोजित कार्यक्रममा जिल्लाका सबै स्थानीय तहका मेयर–उपमेयर, अध्यक्ष–उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृतलाई निमन्त्रण गरिएको थियो ।
निमन्त्रणा गरिएपनि विभिन्न समस्या भएको भन्दै फिदिम नगरपालिकाका उपमेयर र प्रमुख प्रशासकिय अधिकृत, याङवरक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत, हिलिहाङका प्रमुख प्रशासकिय अधिकृत , तुम्बेवा गाउँपालिकाका उपाध्यक्ष, फालेलुङ गाउँपालिकाका उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत, कुम्मायक गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष, मिक्लाजुङ गाउपालिकाका उपाध्यक्ष्य र फाल्गुनन्द गाउँपालिकाबाट प्रतिनिधिको रुपमा उपस्थित हुनुभएको थियो ।
पत्रकार महासंघ पाँचथरका अध्यक्ष भिमकुमार बास्कोटाले प्रस्तुत गर्नुभएको कार्यपत्र छलफलमाथि धारणा राख्दै कार्यक्रममा उपस्थित स्थानीय सरकारका प्रमुख–उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतहरुले लिखित प्रतिबद्धता जाहेर गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमिति सदस्य लवदेव ढुङगानाले मिडिया सवलीकरण नभई पत्रकार दिगो नहुने भन्दै स्थानीय सरकारलाई सञ्चार निति बनाउन पत्रकार महासंघले सहकार्य गर्ने बताउनुभयो ।
फिदिम नगरपालिकाका उपमेयार राधाकृष्ण न्यौपानेले पत्रकारको संरक्षण र सुरक्षाको लागी स्थानीय तहले कन्जुसाई नगर्ने बताउनुभयो । उहाँले सञ्चार क्षेत्रलाई पारदर्शी बनाउन नसकी जनताको पहुँचमा पुग्न सक्दैन तर पत्रकारहरुले जनताका सरोकारका विषयहरु मिडियामा उठाइदिन आग्रह गर्नूभयो ।
त्यस्तै कुम्मायक गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीले संचार जगतमा कुम्मायकले महत्वपूर्ण ढंगले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकारभित्र रहेर सञ्चार निति तयार गर्ने मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सन्तोष शेर्माको भनाई छ । उहाँले जिल्लाको पहिचानको निम्ति समन्वय , सहकार्यमा रहेर काम गरे यसले अझ महत्व राख्ने बताउनुभयो । सवै नागरिकमाझ समाचारको पहुच पुग्ने माध्यम कसरी बनाउन सकिन्छ ? यो विषय चुनौतिको विषय रहेको भन्दै यसमा ध्यान दिनुपर्ने उहाँको भनाई छ ।
फालेलुङ गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जवेगुले मिडियाहरुसंग अहिले पनि सहकार्यमै काम भइरहेता पनि सञ्चार निति बनाउने कुरामा छलफल गर्ने बताउनुभयो । उहाँले गत असोजमा आएको बाढी पहीरोको समयमा सञ्चार क्षेत्रबाट सहयोग नभएको गुनासो गर्नुभयो ।
तुम्बेवा गाउँपालिका उपाध्यक्ष खड्ग प्रसाद सम्बाहाम्फेले संविधानले चेक एण्ड ब्यालेन्सको परिकल्पना गरेको स्मरर्ण गर्दै पत्रकारहरु समाजको ऐना हो, त्यसैले विभेदपूर्ण समाचार सम्प्रेशण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपस्थित प्रमुख प्रशासकिय अधिकृतहरुले सञ्चार निति निर्माण गर्ने कार्य जनप्रतिनिधिहरुको रहेता पनि त्यसलाई कार्यान्वयन गर्ने काममा आफूहरु जिम्मेवारी पूर्वक लाग्ने बताएका छन् ।
कार्यक्रममा पत्रकार महासंघ केन्द्रिय समिति सदस्य लवदेव ढुङगाना, कोशी प्रदेश समिति उपाध्यक्ष कुमोद अधिकारी र अम्बिका भण्डारी, महासचिव हिमा चेम्जोङ, सचिव धु्रव भट्टराई, पत्रकार महासंघ पाँचथरका पूर्वअध्यक्ष लक्ष्मि गौतम, निवर्तमान अध्यक्ष गिरिराज बास्कोटा, आमन्त्रित उपमेयर, अध्यक्ष–उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र पत्रकारहरुको सहभागिता रहेको कार्यक्रम पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।









