+
+

पत्रकारिता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका विषयक अन्तरसंवाद

98 पटक हेरिएको
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न प्ले गर्नुहोस्
Clock २०८१ चैत्र १७, आईतवार २२:१७
-- Sponsored --

AI सारांश

Fast AI

१. नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति र महासंघ पाँचथर शाखाको आयोजनामा पत्रकारिता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ।
२. कार्यक्रममा उपस्थित स्थानीय सरकारका प्रमुख–उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतहरुले लिखित प्रतिबद्धता जाहेर गर्दै पत्रकारहरुको संरक्षण र सुरक्षाको लागी स्थानीय तहले कन्जुसाई नगर्ने बताएका छन्।
३. कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमिति सदस्य लवदेव ढुङगानाले मिडिया सवलीकरण नभई पत्रकार दिगो नहुने भन्दै स्थानीय सरकारलाई सञ्चार निति बनाउन पत्रकार महासंघले सहकार्य गर्ने बताएका छन्।

पाँचथर । पाँचथरको फिदिममा चैत्र १५ गते शुक्रबार आयोजित पत्रकारिता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको आयोजना, महासंघ पाँचथर शाखाको समन्वय र प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा आयोजित कार्यक्रममा जिल्लाका सबै स्थानीय तहका मेयर–उपमेयर, अध्यक्ष–उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृतलाई निमन्त्रण गरिएको थियो ।
निमन्त्रणा गरिएपनि विभिन्न समस्या भएको भन्दै फिदिम नगरपालिकाका उपमेयर र प्रमुख प्रशासकिय अधिकृत, याङवरक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत, हिलिहाङका प्रमुख प्रशासकिय अधिकृत , तुम्बेवा गाउँपालिकाका उपाध्यक्ष, फालेलुङ गाउँपालिकाका उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत, कुम्मायक गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष, मिक्लाजुङ गाउपालिकाका उपाध्यक्ष्य र फाल्गुनन्द गाउँपालिकाबाट प्रतिनिधिको रुपमा उपस्थित हुनुभएको थियो ।
पत्रकार महासंघ पाँचथरका अध्यक्ष भिमकुमार बास्कोटाले प्रस्तुत गर्नुभएको कार्यपत्र छलफलमाथि धारणा राख्दै कार्यक्रममा उपस्थित स्थानीय सरकारका प्रमुख–उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतहरुले लिखित प्रतिबद्धता जाहेर गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमिति सदस्य लवदेव ढुङगानाले मिडिया सवलीकरण नभई पत्रकार दिगो नहुने भन्दै स्थानीय सरकारलाई सञ्चार निति बनाउन पत्रकार महासंघले सहकार्य गर्ने बताउनुभयो ।
फिदिम नगरपालिकाका उपमेयार राधाकृष्ण न्यौपानेले पत्रकारको संरक्षण र सुरक्षाको लागी स्थानीय तहले कन्जुसाई नगर्ने बताउनुभयो । उहाँले सञ्चार क्षेत्रलाई पारदर्शी बनाउन नसकी जनताको पहुँचमा पुग्न सक्दैन तर पत्रकारहरुले जनताका सरोकारका विषयहरु मिडियामा उठाइदिन आग्रह गर्नूभयो ।
त्यस्तै कुम्मायक गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीले संचार जगतमा कुम्मायकले महत्वपूर्ण ढंगले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकारभित्र रहेर सञ्चार निति तयार गर्ने मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सन्तोष शेर्माको भनाई छ । उहाँले जिल्लाको पहिचानको निम्ति समन्वय , सहकार्यमा रहेर काम गरे यसले अझ महत्व राख्ने बताउनुभयो । सवै नागरिकमाझ समाचारको पहुच पुग्ने माध्यम कसरी बनाउन सकिन्छ ? यो विषय चुनौतिको विषय रहेको भन्दै यसमा ध्यान दिनुपर्ने उहाँको भनाई छ ।
फालेलुङ गाउँपालिका उपाध्यक्ष महेन्द्रहाङ जवेगुले मिडियाहरुसंग अहिले पनि सहकार्यमै काम भइरहेता पनि सञ्चार निति बनाउने कुरामा छलफल गर्ने बताउनुभयो । उहाँले गत असोजमा आएको बाढी पहीरोको समयमा सञ्चार क्षेत्रबाट सहयोग नभएको गुनासो गर्नुभयो ।
तुम्बेवा गाउँपालिका उपाध्यक्ष खड्ग प्रसाद सम्बाहाम्फेले संविधानले चेक एण्ड ब्यालेन्सको परिकल्पना गरेको स्मरर्ण गर्दै पत्रकारहरु समाजको ऐना हो, त्यसैले विभेदपूर्ण समाचार सम्प्रेशण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपस्थित प्रमुख प्रशासकिय अधिकृतहरुले सञ्चार निति निर्माण गर्ने कार्य जनप्रतिनिधिहरुको रहेता पनि त्यसलाई कार्यान्वयन गर्ने काममा आफूहरु जिम्मेवारी पूर्वक लाग्ने बताएका छन् ।
कार्यक्रममा पत्रकार महासंघ केन्द्रिय समिति सदस्य लवदेव ढुङगाना, कोशी प्रदेश समिति उपाध्यक्ष कुमोद अधिकारी र अम्बिका भण्डारी, महासचिव हिमा चेम्जोङ, सचिव धु्रव भट्टराई, पत्रकार महासंघ पाँचथरका पूर्वअध्यक्ष लक्ष्मि गौतम, निवर्तमान अध्यक्ष गिरिराज बास्कोटा, आमन्त्रित उपमेयर, अध्यक्ष–उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र पत्रकारहरुको सहभागिता रहेको कार्यक्रम पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
समाचार सुन्नुहोस्
AI स्वरमा समाचार सुन्न यहाँ थिच्नुहोस्
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win