0 प्रतिक्रिया
लिम्बू पत्रकार संघमा सन्देश सुब्वा निर्वाचित
AI सारांश
Fast AIनेपाली समाचारको तीन बुँदे सारांश यस प्रकार छ:
१. लिम्बू पत्रकार संघको तेस्रो महाधिवेशनबाट केन्द्रिय अध्यक्षमा सन्देश सुब्बा निर्विरोध निर्वाचित हुनुभएको छ।
२. निर्वाचित कार्यसमितिमा सचितानन्द लिम्बू उपाध्यक्ष, सुजता लिम्बू महिला उपाध्यक्ष, जिवन लिम्बू महासचिव, ज्ञानु केदेम र सम्पदा लिम्बू सचिव, दिलकुमार फोम्बो कोषाध्यक्ष तथा १७ सदस्यीय कार्यसमिति बनेको छ।
३. नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि लालिगुरास नगरपालिकाका मेयर अर्जुनबाबु माबोहाङ, नेपाल पत्रकार महासंघ प्रदेश १ का महासचिव हिमादेवी चेम्जोङ, फोनिज प्रदेश नं १ का अध्यक्ष विजयबोध लावती लगायतले शुभकामना तथा बधाई ज्ञापन गर्नुभएको थियो।
पाँचथर । लिम्बू पत्रकार संघको तेस्रो महाधिवेशनबाट केन्द्रिय अध्यक्षमा सन्देश सुब्बा निर्विरोध निर्वाचित हुनुभएको छ।
चैत्र २२ गते शुक्रबार तेह्रथुमको लालिगुरास नगरपालिकास्थित चोत्लुङ पार्कमा भएको तेस्रो संघिय महाधिवेशनले सुब्बा सहितको कार्यसमितिलाई निर्विरोध निर्वाचित गरेको हो।
समितिको उपाध्यक्षमा सचितानन्द लिम्बू र महिला उपाध्यक्षमा सुजता लिम्बू चयन हुनुभएको छ। महासचिवमा जिवन लिम्बू, सचिवमा ज्ञानु केदेम र सम्पदा लिम्बू, कोषाध्यक्षमा दिलकुमार फोम्बोलाई चयन गरिएको नवनिर्वाचित अध्यक्ष शन्देश सुब्बाले जानकारी दिनुभयो।
त्यस्तै समितिका सदस्यहरुमा विना लिम्बू, मौसमी लिम्बू, धनबहादुर लिम्बू, सिंहबहादुर लिम्बू लगायत १७ सदस्यीय कार्यसमिति बनेको सुब्बाले जानकारी दिनुभयो। विधान अनुसार २१ सदस्यीय समितिमा सबै जिल्लाहरुबाट प्रतिनिधित्व हुने गरि मनोनित गरिने पनि उहाँको भनाई छ।
नवनिर्वाचित समतिका पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथि लालिगुरास नगरपालिकाका मेयर अर्जुनबाबु माबोहाङ, नेपाल पत्रकार महासंघ प्रदेश १ का महासचिव हिमादेवी चेम्जोङ, फोनिज प्रदेश नं १ का अध्यक्ष विजयबोध लावती, निवर्तमान फोनि अध्यक्ष सन्तविर लामा, किरात याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष सेसेहाङ चोङबाङ, नेपाल पत्रकार महासंघ तह्रथुमका जिल्ला अध्यक्ष टिआर सेनेहाङ लगायतले शुभकामना तथा बधाई ज्ञापन गर्नूभएको थियो।
तेस्रो संघिय महाधिबेशन निवर्तमान अध्यक्ष देवेन्द्र खापुङको अध्यक्षतामा सम्पन्न भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories









