रमेश थापा
यासोक-पाँचथरको कुम्मायक गाँउपालिकामा सञ्चालन भएको छौटौ संस्करण पालिका स्तरीय कुम्मायक गोल्डकपको च्याम्पियन हिलिहाङ गाउँपालिका बनेको छ । यासोक स्थित श्री पृथ्वी मा.बि को खेल मैदानमा सम्पन्न भएको छैटौ संस्करणको कुमायक गोल्ड कपको फाइनल खेलमा म्याङ्लुङ नगरपालिका (तेह्रथुम) लाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै हिलिहाङले उपाधी जितेको हो।
प्रतिस्पर्धात्मक र रोचक फाइनल खेलको निर्धारित समयमा ३–३ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो। ट्राइब्रेकरमा हिलिहाङले पाएको सबै अवसरलाई सदुपयोग गर्दा तेह्रथुमको तर्फबाट भने एउटा प्रहार बाहिरिएको थियो। यो सँगै हिलिहाङले गाउँपालिकाले पहिलो पटक कुम्मायक गोल्डकपको उपाधी उचालेको छ।
उपाधि उचालेको हिलिहाङले नगद १ लाख २५ हजार ५५५ रुपैयाँ सहित चाँदीको ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । भने उपबिजेता बनेको म्याङलुङ नगरपालिका तेह्रथुमले नगद ७५ हजार ५५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो। प्रतियोगिताको बिजेत र उपबिजेता टोलीलाई कार्यक्रमका प्रमुख अतिथी म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फे साथै कुम्मायक गाउँपालिका अध्यक्ष वंम लावती अतिथि क्षमादेवी कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि गोपाल थापाले पुरस्कार बितरण गरेका थिए
प्रतियोगिताको उत्कृष्ट खेलाडी हिलिहाङका मदन माझी, प्लेयर अफ द टुनामेण्ट निरोज तामाङ, बेष्ट मिडफिल्डर बिपल तामाङ घोषित भए । त्यस्तै बेष्ट कोच गजेन राई, बेष्ट डिफेन्डर प्रकाश धमला, बेष्ट गोलरक्षक बाबा सुहाङ घोषित हुदै नगद पारे । त्यसैगरी म्याङलुङ नगरपालिकाको तर्फबाट बेष्ट फर्वर्ड सन्दिप गुरुङ, हाइस्कोलर बिशाल काफ्ले र हिलिहाङका निरोश लिङ्देन घोषित हुदै नगद सहित हात पारे।
जेठ २ गतेदेखि ५ गतेसम्म संचालन भएको प्रतियोगितामा पाँचथरका सात र तेह्रथुमको म्याङलुङ नगरपालिका सहित आठ स्थानीय तहको सहभागिता रहेको आयोजक कुम्मायक स्पोर्टिङ क्लवका अध्यक्ष खेमराज निरौलाले जानकारी दिए ।







