+
+

रुस–युक्रेन युद्ध सुरू भएको आज तीन वर्ष पूरा

111 पटक हेरिएको
Clock २०८१ फाल्गुन १२, सोमबार १२:३२
-- Sponsored --

AI सारांश

Fast AI

१. रुस-युक्रेन युद्धमा अहिलेसम्म दुवै देशका २ लाखभन्दा बढी सैनिक मारिएका छन् भने करिब आठ लाख सैनिक घाइते भएका छन्।
२. युक्रेनका एक करोडभन्दा बढी मानिस घरबारविहीन भएका छन् जसमा यस युद्धको त्रासदीमा परेका २० लाख बालबालिका छन्।
३. रुसी सेनाले युक्रेनको राजधानी किभमा दुईतर्फबाट आक्रमण गरेपछि मानिस किभबाट बसाइँ सर्न थाले र युद्धपछि आन्तरिक रुसबाट ४० लाख युक्रेनीहरू विस्थापित भएका छन्।

काठमाडौं । रुस–युक्रेन युद्धको सुरू भएको आज तीन वर्ष पूरा हुँदैछ।

यस युद्धमा अहिलेसम्म दुवै देशका २ लाखभन्दा बढी सैनिक मारिएका छन्। करिब आठ लाख सैनिक घाइते भएका छन्। युक्रेनका एक करोडभन्दा बढी मानिस घरबारविहीन भएका छन्। जसमा यस युद्धको त्रासदीमा परेका २० लाख बालबालिका छन्। दोस्रो विश्वयुद्धपछि युरोपमा यो सबैभन्दा ठूलो प्रकोप हो।

रुसले डिसेम्बर २०२१ मा नै युक्रेनको पूर्वी सिमानामा सेना जम्मा गर्न थालेको थियो। स्याटेलाइट तस्बिरहरूले देखाए कि रसियाले युक्रेनको वरिपरि डेढ लाख भन्दा बढी सैनिक, मिसाइल र युद्धपोतहरू तैनाथ गरेको छ।

रुसी आक्रमणको धम्की देखेर युक्रेनका आम जनता युद्धको तयारी गर्न थाले। मानिसहरू स्वेच्छाले सेनामा भर्ती भए र नक्कली बन्दुकका साथ सैन्य अभ्यास गर्न थाले। जसमा महिलाहरु पनि परेका थिए।

रूसले बेलारुससँगको सबैभन्दा ठूलो १० दिने संयुक्त सैन्य अभ्यास १० फेब्रुअरी २०२२ मा कालो सागरको वरिपरि सुरु गरेको थियो। अमेरिकाले आपत्ति जनाएको छ। यसबारे रुसले बाह्य आक्रमणसँग लड्न युद्धाभ्यास गरिरहेको बताएको छ।

राष्ट्रपति पुटिनको आदेशमा २४ फेब्रुअरी बिहान रुसी सेनाले युक्रेनको राजधानी किभमा दुईतर्फबाट आक्रमण गरेको थियो। पुटिनले यसलाई युक्रेनमा तैनाथ सेना हटाउनको अभियान भनेका छन् । युक्रेनमा लडाइँ सुरु हुँदा रुसले करिब २ हजार ७ सय लडाकु ट्याङ्क तैनाथ गरेको थियो।

२४ फेब्रुअरीमा रुसी आक्रमणपछि मानिस किभबाट बसाइँ सर्न थाले। मानिसहरू आफूसँग राख्न सक्ने सामानहरू लिएर मात्रै आफ्ना परिवारसँग सुरक्षित स्थानतर्फ प्रस्थान गरेका छन्। कीभको सडकमा सवारीसाधनको लाम लाग्न थाल्यो।

पट्टी बाँधेको टाउको र रगतले लतपतिएको अनुहारसहित ५२ वर्षीया युक्रेनी शिक्षिका ओलेना कुरिलोको तस्बिर युद्धको अनुहार बनेको छ। युक्रेनको खार्किभमा रुसी सेनाले गरेको गोलाबारीमा उनी नराम्ररी घाइते भएकी थिइन्। आक्रमणबाट उनी बाँचिन् तर उनको घर पूर्ण रुपमा ध्वस्त भएको थियो।

रुसी आक्रमणपछि राजधानी कीभका विभिन्न स्थानमा हजारौं मानिसले शरण लिएका थिए। तस्वीरमा रुसी आक्रमणबाट बच्न आश्रय गृहमा आश्रय लिइरहेका युक्रेनी बालबालिका। संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका अनुसार २० लाख भन्दा बढी बालबालिका मद्दतको लागि समस्यामा परेका थिए।

रुसी सेनाले १६ मार्च २०२२ मा युक्रेनको मारिउपोलमा एउटा थिएटरमा बमबारी गरेको छ। यहाँ सयौं सर्वसाधारणले शरण लिएका थिए। यस हमलामा कम्तिमा एक दर्जनभन्दा बढीको मृत्यु भएको थियो।

संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका अनुसार युद्धपछि आन्तरिक रुसबाट ४० लाख युक्रेनीहरू विस्थापित भएका छन् भने ६।७ लाखले अन्य देशहरूमा शरण लिएका छन्। समग्रमा यो संख्या १ करोडभन्दा बढी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win