0 प्रतिक्रिया
पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने
AI सारांश
Fast AI१. वेस्ट ह्यामबाट खेल्ने ब्राजिलियन मिडफिल्डर लुकास पक्वेटालाई चार स्पट फिक्सिङ गरेको आरोप लगाइएको छ।
२. पाक्वेटाले आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गरेका छन् र आफूमाथि लागेको आरोप गलत साबित गर्ने बताएका छन्।
३. यी आरोप प्रमाणित भएमा २६ बर्षिय पाक्वेटाको फुटबल क्यारियर अन्त्य हुने सम्भावना रहेको छ।
काठमाडौँ । वेस्ट ह्यामबाट खेल्ने ब्राजिलियन मिडफिल्डर लुकास पक्वेटालाई चार स्पट फिक्सिङ गरेको आरोप लगाइएको छ ।
बिहीबार पाक्वेटालाई इङल्याण्ड फुटबल संघले आधिकारिक रूपमा सट्टेबाजी नियमहरूको कथित उल्लंघनको आरोप लगाएको मिडिया रिपोर्टमा बताइएको छ ।
पाक्वेटाले २०२२ र २०२३ मा लेस्टर, एस्टन भिल्ला, लीड्स र बोर्नेमाउथविरुद्ध वेस्ट ह्यामको खेलमा जानाजानी पहेँलो कार्ड पाएको आरोप छ ।
पाक्वेटाले आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गरेका छन् र आफूमाथि लागेको आरोप गलत साबित गर्ने बताएका छन् ।
डेली मेलका अनुसार पाक्वेटा यस आरोपमा दोषी प्रमाणित भएमा १० वर्ष सम्मको प्रतिबन्धको सामना गर्नुपर्ने हुनसक्ने बताइएको छ । यी आरोप प्रमाणित भएमा २६ बर्षिय पाक्वेटाको फुटबल क्यारियर अन्त्य हुने सम्भावना रहेको छ ।
यसअघि रिडिङका पूर्व डिफेन्डर किनान आइज्याकलाई यस्तै प्रकरणमा एक दशकसम्म फुटबलबाट प्रतिबन्ध लगाइएको थियो ।
फुटबल संघले पाक्वेटालाई यस विषयमा गत वर्षको सेप्टेम्बरमा सोधपुछ गरेको थियो ।
ब्राजिलियनले आफूमाथि लगाइएको आरोपलाई औपचारिक रूपमा सम्बोधन गर्न जुन ३ सम्मको समय दिएको छ । त्यसपछि एक अनुशासनात्मक समितिले यस प्रकरणको सुनुवाई गर्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









