0 प्रतिक्रिया
वार्षिक उत्सवको अवसरमा विद्यालयलाई ७ लाखभन्दा बढी आर्थिक सहयोग प्रदान
पाँचथर-पाँचथरको फालेलुङ गाउँपालिका–३ ताङ्लेपास्थित सरस्वती माध्यमिक विद्यालयले पुस १८ गते आफ्नो ६२ औँ वार्षिक उत्सव मनाएको छ। यस अवसरमा विद्यालयलाई ७ लाखभन्दा बढी आर्थिक र भौतिक सहयोग प्रदान गरिएको छ।
विद्यालयका पूर्व विद्यार्थी उदय केरुङले विद्यालयलाई १ लाख रुपैयाँ बराबरको दुई थान अफिस र्याक र एक थान कम्प्युटर हस्तान्तरण गरेका छन्। १३ वर्ष मलेसियामा रोजगारको सिलसिलामा बसेका केरुङले नेपालमा आएर ५ हजार मिटरभन्दा माथि सातवटा हिमाल आरोहण गरेका छन्।
त्यस्तै, धरान–सुनसरीका रेजुना राईले १ लाख रुपैयाँ बराबरको स्कुल ब्याग र दुर्गामाया केरुङले ५० हजार रुपैयाँ बराबरको ह्वाइट बोर्ड र कार्पिट सहयोग गरेका छन्। ३० हजार रुपैयाँसम्म सहयोग गर्ने अन्य दातासमेत जुट्दा कुल ७ लाखभन्दा बढी सहयोग संकलन भएको छ। विद्यार्थीहरूलाई चिसो मौसममा न्यानो कपडा वितरण पनि गरिएको थियो।
उत्सवको प्रमुख अतिथि वीर बिक्रम थाम्सुहाङले विद्यालय भवन निर्माणका लागि चाँडै गाउँपालिकाबाट बजेट विनियोजन गरिने जानकारी दिएका थिए। कार्यक्रममा विभिन्न सहयोगी व्यक्तिहरूलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो भने दुई जना एक–एक लाख रुपैयाँ सहयोग गर्ने अभिवावकलाई दोसल्लासहित सम्मान गरिएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले मार्चपास प्रस्तुत गरे भने महिलाहरूको भलिबल प्रतियोगिता आयोजना गरिएको थियो। साथै, विभिन्न जातजातिका झाँकी नाच पनि प्रस्तुत गरिएको थियो। कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेनुका बेघा (केरुङ) ले गरेकी थिइन्। कार्यक्रम संचालन विद्यालयका शिक्षक तितस राई र व्यवस्थापन समिति सदस्य रबिन केरुङले गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











