+
+

कुम्मायकमा छौटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता: पृथ्वी मा.वि. यासोक प्रथम

295 पटक हेरिएको
Clock २०८१ पुष १९, शुक्रबार १८:५०
-- Sponsored --

AI सारांश

Fast AI

१. कुम्मायक गाउँपालिकामा सम्पन्न भएको छौटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कुम्मायक–१ को पृथ्वी मा.वि यासोकले हात पारेको छ ।
२. प्रतियोगितामा सहभागी भएका पाँच वटा विद्यालयलाई पछि पार्दै पृथ्वी मा.वि यासोकले सबै भन्दा बढि १७ स्वर्णपदक, ४ रजत र ५ कास्य पदक सहित प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
३. प्रतियोगिताको उपविजेता बनेको कुम्मायक–५ को महेन्द्रोदय माविले ६ स्वर्णपदक, ६ रजत र ५ कास्य पदक सहित दोस्रो स्थान हासिल गरेको छ ।

तश्विर: छौटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विजेता पृथ्वी मावि यासोकलाई उपाधि हस्तान्त्रण गर्दै कुम्मायक गाउँपालिका अध्यक्ष वंम प्रसाद लावती । तश्बिर: मनोज थापा

पाँचथर: पाँचथरको कुम्मायक गाउँपालिकामा सम्पन्न भएको छौटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कुम्मायक–१ को पृथ्वी मा.वि यासोकले हात पारेको छ । प्रतियोगितामा सहभागी भएका पाँच वटा विद्यालयलाई पछि पार्दै सबै भन्दा बढि १७ स्वर्णपदक, ४ रजत र ५ कास्य पदक सहित प्रथम स्थान हासिल गर्न सफल भएको छ । त्यस्तै उपविजेता बनेको कुम्मायक–५ को महेन्द्रोदय माविले ६ स्वर्णपदक, ६ रजत र ५ कास्य पदक सहित दोस्रो स्थान हासिल गरेको छ । त्यस्तै ५ स्वर्णपदक, ६ रजत र ६ कास्य पदक सहित कुम्मायक–१ को खाल्डे मावि तेस्रो स्थानमा पुगको छ।
प्रतियोगिताको चौथो स्थानमा कुम्मायक–२ को सिद्ध सरस्वती मा.वि माङ्जाबुङ र पाँचौ स्थानमा कुम्मायक–४ को सिद्ध मा.वि. तिङदेन पुगेको छ । सिद्ध मा.वि तिङ्देनले स्वर्णपदकमा जित हासिल गर्न नसके पनि ८ रजत र ९ कास्य पदक हात पार्न सफल भएको थियो । भने सिद्ध सरस्वती मा.वि माङजाबुङले २ स्वर्णपदक, २ रजत र ४ कास्य पदक प्राप्त गर्न सफल भएको थियो।
प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अथिति कुम्मायक गाउँपालिकाका अध्यक्ष वंम प्रसाद लावती र पालिका प्रवक्ता तथा कुम्मायक–१ का वडाअध्यक्ष देबेन्द्र कुमार लावती, पृथ्वी मा.वि.का प्रधानाध्यापक ऋषिराम गजुरेल, महेन्द्रोदय मा.वि.का प्रधानाध्यापक राजेन्द्र बुढाथोकी लगायतले  पुरस्कार वितरण गरेका थिए । पुष १८ गतेदेखि पृथ्वी माविको खेलमैदानमा सञ्चालन भएको प्रतियोगिता १९ गते सम्पन्न भएको हो | प्रतियोगिता गाउँपालिकाको व्यवस्थापनमा पृथ्वी मा.वि यासोकले आयोजना गरेको हो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win