+
+

‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’

84 पटक हेरिएको
Clock २०८१ कार्तिक २९, बिहीबार १६:१८
-- Sponsored --

AI सारांश

Fast AI

१. कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त रहेको बताउनु भएको छ।
२. मुख्यमन्त्री कार्कीले प्रदेश संरचनालाई बलियो बनाउँदा शान्ति सुरक्षा, विकास र जनतासँग नजिकको सम्बन्ध स्थापित हुने धारणा राख्नुभयो।
३. कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रदेशसभाका मुख्य न्यायाधिवक्ता, वरिष्ठ अधिवक्ताको सुझावले कानुन निर्माणमा सहयोग पुग्ने जानकारी दिनुभयो।

मोरङ, २९ कात्तिकः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त रहेको बताउनु भएको छ। प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा यहाँ आयोजित मुख्य न्यायाधिवक्ताको छेटौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उहाँले यो शासन व्यवस्था स्थापना भएको १० वर्ष भएकाले यसको राम्रा र कमजोर पक्षको सिंहावलोकन गर्दै आगामी दिनको बाटो तय गर्नुपर्ने उल्लेख गर्नुभयो।

मुख्यमन्त्री कार्कीले प्रदेश संरचनालाई बलियो बनाउँदा शान्ति सुरक्षा, विकास र जनतासँग नजिकको सम्बन्ध स्थापित हुने धारणा राख्नुभयो। उहाँले महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा प्रदेश संरचनाले पूर्वाधार विकासमा उल्लेखनीय कार्य, बेरुजु कम जस्ता उल्लेख हुनु सुखद भएको बताउनुभयो।

उहाँले संविधान संशोधन गर्दा संविधानका कमीकमजोरी हटाइ निर्वाचनमा राजनीतिक दलले बहुमत प्राप्त गर्ने किसिमले संशोधन गर्नुपर्ने सुझाव दिनुभयो।

कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रदेशसभाका मुख्य न्यायाधिवक्ता, वरिष्ठ अधिवक्ताको सुझावले कानुन निर्माणमा सहयोग पुग्ने जानकारी दिनुभयो। उहाँले कानुन जनस्तरमा पु¥याउन ६३ स्थानीय तहमा अन्तरक्रिया गरेको बताउनुभयो।

महान्यायाधिवक्ता रमेश वडाल, उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी, प्रदेशका मुख्य महान्यायाधिवक्ता नारायण वस्ती, वरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्ती, पूर्व मुख्य न्यायाधिवक्ताद्वय वुद्धिबहादुर कटुवाल, चुडामणि आचार्य र सह न्यायाधिवक्ता निर्मला दाहालले संविधान कार्यान्वयनमा सबैले आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।

प्रदेश कानुन निर्माणमा देखा परेका समस्या समाधानका सम्बन्धमा छलफल, मुख्य न्यायाधिवक्ताको कार्यालयमा आउने समस्या समाधानका उपाय, सातवटै प्रदेशका मुख्य न्यायाधिवक्ताका कार्यसम्पादनका अनुभव आदानप्रदान गर्ने सम्मेलनको उद्देश्य छ।

दुई दिने सम्मेलनमा सात प्रदेशका मुख्य न्यायाधिवक्ता, कार्यालय प्रमुख, उच्च अदालत, जिल्ला अदालतका न्यायाधीश, उच्च र जिल्ला वारका प्रतिनिधिको सहभागिता रहेको छ । —

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win