0 प्रतिक्रिया
माझी समुदायका बालबालिकाहरुलाई शैक्षिक सामाग्री
AI सारांश
Fast AI१. पाँचथरको हिलिहाङ गाउँपालिका–७ को महादेव आधारभुत विद्यालयका १५ जना माझी समुदायका बालबालिकाहरुलाई जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले शैक्षिक सामाग्री बितरण गर्नुभएको हो।
२. जनसेवा समाजको बार्षिक कार्यक्रम अन्तरर्गत माझी समुदायका विद्यार्थी अध्यायन गर्ने विद्यालयका बालबालिकाहरुलाई स्कुल ब्याग, शैक्षिक र खेलकुद सामाग्री बितरण गरिएको हो।
३. गाउँपालिका अध्यक्ष समर बहादुर अधिकारी र उपाध्यक्ष सुमित्रा उप्रेती सेढाईले शैक्षिक गुणस्तर सुधारको क्षेत्रमा गाउँपालिकाले काम गर्दै आएको बताउँदै अधिकारीको प्रशंसा गर्नुभयो।
रमेश थापा
पाँचथर-पाँचथरको हिलिहाङ गाउँपालिका–७ को महादेव आधारभुत विद्यालयका बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ । विद्यालयका १५ जना माझी समुदायका बालबालिकाहरुलाई जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले शैक्षिक सामाग्री बितरण गर्नुभएको हो। जनसेवा समाजको बार्षिक कार्यक्रम अन्तरर्गत माझी समुदायका विद्यार्थी अध्यायन गर्ने विद्यालयका बालबालिकाहरुलाई स्कुल ब्याग, शैक्षिक र खेलकुद सामाग्री बितरण गरेको अधिकारीले जानकारी दिनुभयो। अधिकारीले विद्यालयमा आयोजित एक कार्यक्रमको बीच गाउँपालिका अध्यक्ष समर बहादुर अधिकारी र उपाध्यक्ष सुमित्रा उप्रती सेढाई मार्फत शैक्षिक सामाग्री बितरण गुर्नभएको हो।

विपन्न र लोकउन्मुख माझी समुदायका बालबालिकाहरु अध्यायन गर्ने विद्यालयमा शैक्षिक गुणस्तर र खेलकुदको क्षेत्रको विकासको लागि व्यक्तिगत रुपमा सहयोग गरेको अधिकारीको भनाइ छ। गाउँपालिका अध्यक्ष समर बहादुर अधिकारी र उपाध्यक्ष सुमित्रा उप्रेती सेढाईले शैक्षिक गुणस्तर सुधारको क्षेत्रमा गाउँपालिकाले काम गर्दै आएको बताउँदै अधिकारीको प्रशंसा गर्नुभयो। गाउँपालिकाबासीको लागि जनसेवा समाजले गरेको सहयोगलाई गाउँपालिकाले सम्मान गर्ने प्रतिवद्धता समेत जनाउनुभयो। शैक्षिक सामाग्री हस्तान्त्रण कार्यक्रममा विद्यालयका प्रअ देबेन्द्र नेपाल, जनप्रतिनिधि र अभिभावकको सहभागीता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









