+
+

बलात्कार-हत्या मुद्दामा जसपाका नेतालाई बचाउन सप्तरीमा यस्तो हर्कत, तीन वर्षमा मुद्दा दर्ता

53 पटक हेरिएको
Clock २०८१ मंसिर २१, शुक्रबार १६:३४
-- Sponsored --

AI सारांश

Fast AI

१. महिलालाई अपहरण गरी बलात्कारपछि हत्या गरेको आरोपमा फरार अभियुक्त धिरेन्द्रकुमार साह पक्राउ परेका छन्।
२. उनलाई शुक्रबार बिहान सप्तरी डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ का माधोपुरबाट प्रहरीले पक्राउ गरेको हो।
३. धिरेन्द्रलाई कर्तव्य ज्यान, बलात्कार, अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।

काठमाडौं – महिलालाई अपहरण गरी बलात्कारपछि हत्या गरेको आरोपमा फरार अभियुक्त पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सप्तरी डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ का ३८ वर्षीय धिरेन्द्रकुमार साह रहेका छन्। उनलाई शुक्रबार बिहान सोही ठाउँस्थित माधोपुरबाट प्रहरीले पक्राउ गरेको हो।

पर्सा प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनिष श्रेष्ठका अनुसार एक महिलालाई साहसहितका व्यक्तिले २०७८ साल चैत २२ गते अपहरण गरी बलात्कार हत्या गरेका थिए।

तर, हत्याको जाहेररी २०७९ साल साउन १७ गते हुलाकबाट मात्रै आयो। त्यतिबेला पीडित बेलैमा प्रहरीमा उजुरी दिन पुगेनन्। प्रहरीले समेत घटनाको सूक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाही गर्न हेलचेक्राइँ गर्‍यो।

त्यसपछि फेरि २०८० साल जेठ १० गते जिल्ला सरकारी वकिल कार्यालयमार्फत् इलाका प्रहरी कार्यालय कल्याणपुरलाई अपहरण, शरीर बन्धक र कर्तव्य ज्यानमुद्दामा जाहेरी पर्‍यो।

तर, अनुसन्धान सुरू नै भएन। प्रहरी हेलचेक्राइँ जारी रह्यो। उच्च अदालत जनकपुरले २०८० चैत ४ गते फेरि परमादेश दियो। त्यसपछि उच्च अदालत सरकारी वकिल कार्यालयले  २०८१ साउन ६ गते परमादेश पठायो।

उच्चले परमादेश पठाएको १० दिनपछि साउन १४ गते इलाका प्रहरी कार्यालय कल्याणपुरले मुद्दा दर्ता गर्‍यो। मुद्दा दर्ता भएलगत्तै साउन १५ गते साहसहितका व्यक्तिलाई पक्राउ पूर्जी जारी भयो।

यसरी लामो समय गुज्रिएपछि बल्ल ती महिनाको बलात्कारपछि हत्याको अनुसन्धान सुरू भएको छ। उनलाई कर्तव्य ज्यान, बलात्कार, अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।

धिरेन्द्र जनता समाजवादी पार्टीका नेता हुन्। दुई वर्षअघिको स्थानीय निकाय निर्वाचनमा उनी सोही वडाबाट पराजित भएका थिए। गत उपनिर्वाचनमा वडाध्यक्ष चुनिएका उनलाई प्रहरीले पक्राउ गरेको हो। 

सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार पदभार ग्रहणस्थलबाटै उनलाई पक्राउ गरिएको हो। 

एक प्रहरी अधिकृतका अनुसार नेता भएका कारण त्यतिबेला पीडित पक्षले सिधै उजुरी दिन डरायो। अदालतको आदेश आइकन पनि प्रहरीले अनुसन्धानमा तदारुकता नदेखाउनुको कारण धिरेन्द्रको राजनीतिक पहुँच नै थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win