+
+

एमालेले हटायो वरिष्ठ उपाध्यक्ष पद, केन्द्रीय कमिटी ३०१ सदस्यीय

52 पटक हेरिएको
Clock २०८२ मंसिर २८, आईतवार १४:२०
-- Sponsored --

AI सारांश

Fast AI

१. नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकले पार्टीको वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको छ।
२. संशोधित विधानअनुसार अबको केन्द्रीय कमिटी संरचनामा अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना, महासचिव १ जना, उपमहासचिव ३ जना र सचिव ९ जनासहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटी गठन हुनेछ।
३. पार्टी नेतृत्वले नयाँ संरचनालाई संगठन विस्तार, समावेशिता र जिम्मेवारी बाँडफाँटलाई थप प्रभावकारी बनाउने उद्देश्यले गरिएको परिवर्तनको रूपमा व्याख्या गरेको छ।

काठमाडौं, म‌ंसिर २८। नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ ।

महाधिवेशनको बन्दसत्र सुरु हुनु अघि बसेको बैठकले पार्टीको वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको छ। बैकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संशोधित विधानअनुसार अबको केन्द्रीय कमिटी संरचनाबारे जानकारी गराउनु भयो। उहाँका अनुसार बन्द सत्रबाट अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना, महासचिव १ जना, उपमहासचिव ३ जना र सचिव ९ जनासहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटी गठन हुनेछ।

गौतमले केन्द्रीय कमिटीअन्तर्गत स्थायी कमिटी ३३ सदस्यीय र पोलिटब्युरो ९९ सदस्यीय रहने जानकारी दिनु भयो। उहाँका अनुसार यसपटक पार्टीको मूल संरचना र पदाधिकारीको सङ्ख्या पुनःसमायोजन गरिएको हो भने अन्य वैचारिक वा सांगठनिक धारामा परिवर्तन गरिएको छैन।

यसअघि तीन महिनाअघि ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनले १ अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिवसहित १५ पदाधिकारी रहने व्यवस्था गरेको थियो। त्यति बेला २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी संरचना कायम गरिएको थियो।

नयाँ निर्णयसँगै पदाधिकारी सङ्ख्या र केन्द्रीय कमिटीको आकार दुवै विस्तार भएको छ। पार्टी नेतृत्वले यो संरचनालाई संगठन विस्तार, समावेशिता र जिम्मेवारी बाँडफाँटलाई थप प्रभावकारी बनाउने उद्देश्यले गरिएको परिवर्तनको रूपमा व्याख्या गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win