0 प्रतिक्रिया
११ औँ फाल्गुनन्द गोल्डकप: आयोजक फिदिम स्पोर्टिङ क्लबको विजयी सुरुवात
AI सारांश
Fast AI१. फिदिम स्पोर्टिङ क्लबले विजयी सुरुवात गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
२. फिदिम स्पोर्टिङ क्लबले भारतको कर्साङ फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–५ गोलले पराजित गरेको छ।
३. फिदिम स्पोर्टिङ क्लबको आयोजनामा पुस ६ गतेदेखि सुरु भएको प्रतियोगिता पुस १५ गतेसम्म सञ्चालन हुनेछ।
मनोज थापा
पाँचथरको सदरमुकाम फिदिममा सुरू भएको ११ औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा आयोजक फिदिम स्पोर्टिङ क्लबले विजयी सुरुवात गरेको छ। फिदिम माविको खेल मैदानमा शनिबार सम्पन्न उद्घाटन खेलमा फिदिमले भारतको कर्साङ फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–५ गोलले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो।

निर्धारित ९० मिनेटको खेलमा कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटमार्फत निकालिएको थियो। पेनाल्टीमा उत्कृष्ट प्रदर्शन गरेका फिदिम स्पोर्टिङका मिराक खजुम ‘म्यान अफ दि म्याच’ घोषित भए। उनले नगद रु १०,००० पुरस्कार प्राप्त गरे।
प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा आयोजकले पुस ८ गते त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
दश टोली सहभागी प्रतियोगितामा आइतबार झापा ११ र मच्छिन्द्र फुटबल क्लब, काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ। फिदिम स्पोर्टिङ क्लबको आयोजनामा पुस ६ गतेदेखि सुरु भएको प्रतियोगिता पुस १५ गतेसम्म सञ्चालन हुनेछ।
गोल्डकपको विजेताले रु १० लाख ५५५ र उपविजेताले रु ५ लाख ५५५ नगद पुरस्कार प्राप्त गर्ने फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दिपेन्द्र थापामगरले जानकारी दिएका छन्।
फाल्गुनन्द गोल्डकपले स्थानिय फुटबल खेलाडीहरूलाई अवसर प्रदान गर्नुका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय टोलीहरूसँग प्रतिस्पर्धा गर्ने थलो सिर्जना गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









