0 प्रतिक्रिया
टाइब्रेकरमा चर्च बोइजलाई हराउदै नमो बुद्ध पाँचथर गोल्डकपको फाइनलमा प्रवेश
AI सारांश
Fast AIनमो बुद्ध युथ एफसी सप्तरीले चर्च बोइज युनाइटेड एफसीलाई पराजित गरेर पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
नमो बुद्ध एफसी सप्तरीले चर्च बोइज युनाइटेड एफसीलाई ४-२ ले टाइब्रेकरमा पराजित गर्यो।
फाइनलमा नमो बुद्धले मछिन्द्र एफसीको सामना गर्नेछ, जसले इन्ट्रा पथरी–११ लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
पाँचथर । पाँचथरको फिदिममा जारि ५ औँ संस्करणको पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा नमो बुद्ध युथ एफसी सप्तरीले चर्च बोइज यनाइटेड एफसीलाई पराजित गरेको छ।
फिदिम मा.विको खेल मैदानमा शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा चर्च बोइज युनाइटेड एफसीलाई टाइबे्रकरमा ४–२ ले पराजित गर्दै नमो बुद्ध युथ क्लब फाइनलमा प्रवेश गरेको हो।
दुवै टोलि बराबरी खेलमा टुङगीएपछी खेल टाइबे्रकरमा धकेलिएको थियो। नमो बुद्ध एफसीको तर्फबाट टाइबे्रकरमा विवेक गुरुङ, आयुस मगर, अनिल मगर र विवेक राइले गोल गर्न सफल भएका थिए।
चर्च बोइजको तर्फबाट विदेशी खेलाडी तल्ला र फोफोनाले गोल गर्न सफल भएता पनि अभिशेक महतो र सागर तिरुवाको प्रहार भने नमो बुद्धका गोलरक्षक जयरथ शेखले बचाएका थिए । आजको प्रतियोगिताको मेन अफ दि म्याच नमो बुद्धका गोलरक्षक जयरथ शेख बनेका छन् भने उनले नगद १५ हजार ७ सय प्राप्त गरेका छन्।
चैत्र २ गते हुने फाइनल खेलमा नमो बुद्धले मछिन्द्र एफसीको सामना गर्नेछ । मछिन्द्र एफसीले इन्ट्रा पथरी–११ लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।
पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११ लाख १ हजार १ सय ११ रुपैँया प्राप्त गर्दा उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैँया प्राप्त गर्ने आयोजक पाँचथर क्लब पाँचथरका अध्यक्ष कमल तुम्रोकले जानकारी दिनुभयो।
प्रतियोगितामा नेपालका चार ए डिभिजन क्लवहरुसहित दश टिमको सहभागिता रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
muktinath bikash bank
4 Stories
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
2 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories
एसियान पैन्ट
7 Stories











