+
+

सिरियाको नयाँ सरकारद्दारा असदका ३०० भन्दा बफादार गिरफ्तार

63 पटक हेरिएको
Clock २०८१ पुष १५, सोमबार ०९:५६
-- Sponsored --

दमास्कस, १५ पुस । सिरियाका नयाँ सरकारले पूर्व राष्ट्रपति बसर अल असदका ३ सय भन्दा बढी वफादारहरूलाइ गिरफ्तार गरेको छ ।

जसमा असद शाषनकालका सूचनादाता, शासन समर्थक लडाकु र पूर्व सैनिकहरू सहित करिब ३०० जनालाई गिरफ्तार गरिएको एक अनुगमन संस्थाले जनाएको छ ।

हयात तहरीर अल शाम (एचटीएस) समूहको नेतृत्वमा विद्रोहीहरूले तीन हप्ता अघि असदलाई पराजित गरेका थिए । असद परिवारको ५ दशकभन्दा बढीको पारिवारिक शासनको अन्त्य गरेपछि सिरियाका नयाँ अधिकारीहरूले नियन्त्रणलाई सुदृढ पार्ने प्रयासलाई तीब्र बनाउने क्रममा उनका बफादारहरूलाइ पक्राउ गरेको अरब मुलका मिडियाहरूले जनाएका छन ।

नयाँ प्रशासनका सुरक्षा बलहरूले बिहीबारबाट असदका मिलिशिया विरुद्ध ठूलो मात्रामा कारबाही सुरु गरेका थिए ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स वारका प्रमुख रामी अब्देल रहमानले भने, ‘एक साताभन्दा कम अवधिमा दमास्कस र यसका उपनगरका साथै होम्स, हामा, टार्टस, लाटाकिया र देइर एजोरमा पनि झण्डै ३०० व्यक्तिलाई हिरासतमा लिइएको छ।’

उता, आधिकारिक सिरियाली समाचार एजेन्सी सानाले पनि यस हप्ता हामा र लाटाकिया प्रान्तहरूमा असाद मिलिशिया सदस्यलाई लक्षित गरी गिरफ्तारी गरिएको जनाएको थियो, जहाँ हतियार र गोला बारुद बरामद गरिएको उल्लेख छ तर त्यसबारेमा कुनै तथ्यांक भने सार्बजनिक गरेको थिएन ।

अब्देल रहमानले भने, ‘अब्जरभेटरीका अनुसार गिरफ्तार गरिएकामध्ये पूर्व शासनका सूचनादाता, इरानी समर्थक लडाकु र तल्लो तहका सैन्य अधिकारीहरू हत्या र यातनाको आरोपितहरू बढी मात्रामा छन्।’

अब्देल रहमानले भने कि ‘गिरफ्तारी अभियान जारी छ तर कुनै प्रमुख व्यक्तिलाई पक्राउ गरिएको छैन् ।’ उनका अनुसार जनरल मोहम्मद कान्जो हसन, असद अन्तर्गत सैन्य न्यायका पूर्व प्रमुख, जसले सयदनाया जेलमा संक्षिप्त परीक्षण पछि हजारौं मृत्युदण्डको सजाय दिएकाहरू बाहेक उच्च तहका कुनै अधिकारीको नाम आएको छैन ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win