+
+

एकैदिन ३३ फरार प्रतिवादी पक्राउ

20 पटक हेरिएको
Clock २०८१ पुष १७, बुधबार १३:२६
-- Sponsored --

AI सारांश

Fast AI

१. फैसला कार्वान्यन अन्तर्गत जिल्ला अदालत रौतहटबाट दण्ड जरिबाना रोकिएर लामोसमय देखि फरार रहेका ३२ जना प्रतिवादी लाई प्रहरीले पक्राउ गरेको छ।
२. पक्राउ परेका सबैजना लाई फैसला कार्वान्यनको लागी जिल्ला अदालत रौतहटमा उपस्थित गराईएको छ।
३. जिल्ला प्रहरी कार्यालय गौर तथा मातहतको युनिटका गस्ती टोलीले १ थान ई रिक्सा चालक सहित लाखौं मूल्य बराबरको बिभिन्न किसिमका अबैध भारतीय सामान बरामद गरेको छ।

सञ्जय मिश्रा 
रौतहट १६ पुस।
रौतहट स्थित प्रहरीले एकैदिनमा ३२ जना फरार प्रतिवादी लाई पक्राउ गरेको छ भने लाखौं मुख्य बराबरको अबैध भारतीय सामान बरामद गरेको छ।

फैसला कार्वान्यन अन्तर्गत जिल्ला अदालत रौतहटबाट दण्ड जरिबाना रोकिएर लामोसमय देखि फरार रहेका ३२ जना प्रतिवादी लाई मंगलवार एकैदिनमा प्रहरीले पक्राउ गरेको हो।

सवारी ज्यान मुद्दाका ८ जना, चेक अनादर मुद्दामा ६ जना केही अभद्रव्यवहारका ६ जना, बोक्सीको आरोपमा दुर्व्यवहार गर्ने ४ जना, कुटपिटमा ३ जना , गाली बेईजतिमा ३ जना, लेनदेन बिगोमा १ जना र नापतौल कसुरका आरोपी १ जना गरी ३२ जना फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।

पक्राउ परेका सबैजना लाई फैसला कार्वान्यनको लागी जिल्ला अदालत रौतहटमा मंगलवार उपस्थित गराईएको प्रवक्ता रायले जानकारी दिएका छन्। उनीहरू नाट जरिबाना स्वरूप करीब ६५ हजार रुपैयाँ र ६ महिना कैद असुल गरिनुपर्ने देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय गौर तथा मातहतको युनिटका गस्ती टोलीले १ थान ई रिक्सा चालक सहित लाखौं मूल्य बराबरको बिभिन्न किसिमका अबैध भारतीय सामान बरामद गरेको छ। भारतीय बजारबाट ४ लाख १८ हजार १४० रुपैयाँ बराबरको अबैध रुपमा ल्याउँदै गरेको चीनी, मैदा, जुत्ता चपल, युरिया मल, सहित मधेश प्रदेश ३००१ ह नम्बरको ई रिक्सा, र चालक बिधिचन सहनी लाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा जिल्लामा फरार प्रतिवादी पक्राउ अभियान चलाउनुका साथै तस्करी नियन्त्रणमा कडाई गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

muktinath bikash bank

4 Stories

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

2 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories

मुक्तीनाथ बिकास बैंक

5 Stories
×
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win