+
+

नयाँ बर्षसँगै स्विटजरल्याण्डमा बुर्का लगाउन प्रतिबन्ध, लगाए १ हजार जरिवाना

57 पटक हेरिएको
Clock २०८१ पुष १८, बिहीबार १०:५८
-- Sponsored --

AI सारांश

Fast AI

१. स्विट्जरल्याण्डमा नयाँ बर्षसँगै सार्वजनिक स्थलमा हिजाब, बुर्का वा अन्य कुनै पनि माध्यमले अनुहार छोप्न प्रतिबन्ध लागेको छ।
२. हिजाब र बुर्का लगाएरमा १००० स्विस फ्र्याङ्क अर्थात् करिब १ लाख ५३ हजार रुपैयाँसम्म जरिवाना तिर्नु पर्ने हुन्छ।
३. स्विट्जरल्याण्ड भन्दा पहिले बेल्जियम, फ्रान्स, डेनमार्क, अस्ट्रिया, नेदरल्याण्ड र बुल्गेरियामा पनि यस सम्बन्धमा कानुन बनिसकेको छ।

जेनेभा, १८ पुस । नयाँ बर्षसँगै स्विट्जरल्याण्डमा सार्वजनिक स्थलमा हिजाब, बुर्का वा अन्य कुनै पनि माध्यमले अनुहार छोप्न प्रतिबन्ध लागेको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अखनुसार हिजाब र बुर्का लगाएरमा १००० स्विस फ्र्याङ्क अर्थात् करिब १ लाख ५३ हजार रुपैयाँसम्म जरिवाना तिर्नु पर्ने हुन्छ ।

सन् २०२१ मा स्विजरल्याण्डमा भएको जनमत संग्रहमा ५१.२१ प्रतिशत नागरिकले बुर्कामाथि प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेका थिए । यसपछि बुर्कामाथि प्रतिबन्ध लगाउने कानुन बनेको हो, जुन १ जनवरी २०२५ बाट लागु भएको छ ।

स्विट्जरल्याण्ड भन्दा पहिले बेल्जियम, फ्रान्स, डेनमार्क, अस्ट्रिया, नेदरल्याण्ड र बुल्गेरियामा पनि यस सम्बन्धमा कानुन बनिसकेको छ । यो कानुन लागेपछि सार्वजनिक कार्यालय, सार्वजनिक यातायात, रेष्टुरेन्ट, पसललगायत सार्वजनिक स्थानमा महिलाले अनुहार पूरै ढाक्न पाउने छैनन् ।

सन २०२२ मा स्विस संसदको तल्लो सदन राष्ट्रिय काउन्सिलले अनुहार छोप्न प्रतिबन्ध लगाउने कानूनमा मतदान गरेको थियो। यस समयमा १ सय ५१ सदस्यले पक्षमा र २९ सदस्यले विपक्षमा मतदान गरेका थिए । त्यसपछि यस सम्बन्धमा कानुन बन्न सहज भएको थियो ।

यो प्रस्ताव दक्षिणपन्थी स्विस पिपुल्स पार्टी (एसपीपी) ले राखेको थियो, जबकि केन्द्र र ग्रीन पार्टीहरू यसको विरोधमा रहेका थिए। कतिपयले यो कानुनले मुस्लिम महिलालाई अनुचित रूपमा लक्षित गरेको बताएका छन् । यस कानूनलाई समर्थन गर्नेहरूले यो सार्वजनिक स्थानहरूमा सांस्कृतिक मूल्य र सुरक्षाको लागि आवश्यक कदम भएको दाबी गर्छन्।

लुसर्न युनिभर्सिटीले २०२१ मा गरेको अनुसन्धान अनुसार स्विट्जरल्यान्डमा सायदै कसैले बुर्का लगाउँछन्। सन २०२१ मा जम्मा ३० जना महिलाले मात्र हिजाब वा वुर्का लगाएको भेटिएको थियो । सन २०२१ को अनुसार स्विट्जरल्याण्डको ८.६ मिलियन जनसंख्याको लगभग ५ प्रतिशत मात्र मुस्लिमको आबादी रहेको छ, जसमध्ये अधिकांश टर्की, बोस्निया र कोसोभोबाट आप्रावासीको रूपमा स्विटजरल्याण्ड आएका थिए ।

यसअघि सन् २००९ मा जनमत संग्रहबाट मिनार निर्माणमा प्रतिबन्ध लगाइएको थियो । यो प्रस्ताव पनि एसपीपी पार्टीले राखेको थियो। यस प्रस्तावमा भनिएको थियो कि यी मीनारहरू इस्लामीकरणको संकेत हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win