0 प्रतिक्रिया
सहकारीका पदाधिकारीको पदभार ग्रहण, व्यावस्थित रूपमा संस्था संचालन गर्न सुझाव
AI सारांश
Fast AIयहाँ ३ वटा बुँदामा नेपाली समाचारको सारांश छ:
* हाम्रो बचत तथा ऋण सहकारी संस्थाको १५ औँ साधारण सभा तथा ५ औँ अधिवेशनमा निर्वाचित पदाधिकारीहरूको पदभार ग्रहण कार्यक्रम सम्पन्न भयो।
* कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मेघराज निरौलाले सहकारी स्थापना र वर्तमान अवस्था साथै आगामी योजनाको विषयमा प्रकाश पारे र संचालक समिति र सेयर सदस्यहरूलाई एक जुट भएर लाग्ने आग्रह गरे।
* कार्यक्रममा विभिन्न जनप्रतिनिधि र नेताहरूले निर्वाचित संचालक समितिलाई शुभकामना दिए र सहकारी व्यवस्थापन तर्फ ध्यान दिन आग्रह गरे, साथै गाउँपालिका अध्यक्षले सहकारीको सिद्धान्त अनुसार संस्था प्रभावकारी रूपमा संचालन गर्ने सुझाव दिए।
रमेश थापा
पाँचथर- हाम्रो बचत तथा ऋण सहकारी संस्थाको १५ औँ साधारण सभा तथा ५ औँ अधिवेशनमा निर्वाचित पदाधिकारीहरूको पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ। आइतबार यासोक बजारको उद्योग बाणिज्य संघ शाखा कार्यालयको हलमा सम्पन्न भएको कार्यक्रममा संस्थाका नवनिर्वाचित संचालक समितिका र लेखा समितिका पदाधिकारीहरूको पदभार ग्रहण गरिएको हो। सोही अवसरमा नव निर्वाचित समितिका अध्यक्ष मेघराज निरौलाले सहकारी स्थापना र वर्तमान अवस्था साथै आगामी योजनाको विषयमा प्रकाश पार्नुभएको थियो।
उहाँले संस्थाको दिगो विकाशको लागि संचालक समिति र सेयर सदस्यहरू एक जुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो। सोही अवसमा नेपाल कम्युनिस्ट पाटी एकिकृत समाजवादी कोशी प्रदेश सदस्य इन्द्रबहादुर नेपाली, पहिचानबादी मोर्चाका केन्द्रीय सदस्य जकेन्द्र लावती, माअोवादी केन्द्र कोशी प्रदेश कमिटी सदस्य अमरसिंह थापा, नेपाली कांग्रेस कुम्मायक सभापति दुर्गा प्रसाद बम्जन लगायतका सहभागीहरूले निर्वाचित संचालक समितिलाई शुभकामना दिदै सहकारी व्यवस्थापन तर्फ ध्यान दिन आग्रह गरेका थिए।
त्यस्तै कार्यक्रमका बिशेष अथिति कुम्मायक १ का वडाअध्यक्ष तथा पालिका प्रवत्ता देबेन्द्र कुमार लावतीले पछिल्लो समयमा संचालन भएका वित्तीय संस्थाले कुम्मायकबासी नागरिकलाई समस्यामा पारेको बताउँदै यो विषयमा गाउँपालिका र सरोकारवालाको बैठक बसी निर्णय गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले सहकारी सम्बन्धि वित्तीय साक्षरताको कार्यक्रम लागु गरि खराव कर्जाबाट सहकारीलाई बचाउनु पर्नेमा जोडदिदै सहकारीले जुनसुकै क्षेत्रमा कर्जा लगानी गर्दा जोखिमको अध्यायन गरी लगानी शुरक्षित गर्नुपर्नेमा लावतीले सुझाव दिनुभयो। कार्यक्रमका प्रमुख अथिति गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले हाम्रो बचत तथा ऋण सहकारी संस्था ठुलो पुँजी भएको संस्था भएकोले सहकारीको सिद्धान्त अनुसार संस्था प्रभावकारी रूपमा संचालन गर्न सुझाव दिनुभयो। गाउँपालिकाले विगतका वर्षमा सुफत मुल्यको पसल सञ्चान गर्न सहयोग गरेको स्मरण गर्दै सहकारी संचालनको दिगोपनाको लागि पालिकाले हिउँदे सभा मार्फत सहयोग गर्ने प्रतिवद्वता जनाउनुभयो।
कार्यक्रममा निर्वाचन समितिका संयोजक जयबहादुर चेम्जोङ, सदस्य ऋषिराम गजुरेल र वडाअध्यक्ष देबेन्द्र कुमार लावतीलाई खादा सहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो।
पुष १२ गते स्थगित भएको ५ औँ अधिवेशन पुनः पौष २० गते वसी मेघराज निरौलाको अध्यक्षतामा १३ सदस्य संचालक समिति र यामबहादुर बोहोराको सम्येजकत्वमा ३ सदस्य लेखा समिति निर्वाचित गरेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









