0 प्रतिक्रिया
भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अधिवेशन सम्पन्न, यवाको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन
AI सारांश
Fast AI१. नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन पाँचथरको पहिलो अधिवेशन सम्पन्न भएको छ।
२. अधिवेशनबाट २१ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ जसमा कृष्ण बहादुर यवा अध्यक्षमा निर्वाचित भएका छन्।
३. नयाँ नेतृत्वले संगठनलाई प्रभावकारी ढंगले अघि बढाउँदै त्यसका उद्देश्य र लक्ष्यलाई सफलतापूर्वक पूरा गर्ने विश्वास गरिएको छ।
पाँचथर, १९ माघ–नेकपा एमालेका केन्द्रीय सदस्य तथा नेकपा एमाले पाँचथर जिल्ला इन्चार्ज अइन्द्र सुन्दर नेम्बाङको प्रमुख आथित्यता र नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनका केन्द्रीय सचिवालय सदस्य भिम प्रसाद नेम्बाङको विशेष उपस्थितिमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन पाँचथरको पहिलो अधिवेशन सम्पन्न भएको छ।
यस अवसरमा, नेकपा एमालेका विभिन्न नेताहरू बिमल सापकोटा, पृथ्वी लावती, तुलसी थापा, लेखनाथ घिमिरे, राजु थाम्सुहाङ्ग र महेन्द्र लुईटेल लगायतको उपस्थिति थियो। अधिवेशनबाट २१ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ।
कमिटीको नयाँ नेतृत्वमा कृष्ण बहादुर यवा अध्यक्ष, मान बहादुर खवास उपाध्यक्ष, चन्द्रकुमार कुरुम्बाङ्ग सचिब, गोपाल घिमिरे उपसचिब र नरहरी तामाङ कोषाध्यक्षमा निर्वाचित भएका छन्।
यस कमिटी गठनले संगठनलाई थप सशक्त र गतिशील बनाउने लक्ष्य राख्दै भूतपूर्व सैनिक र प्रहरी समुदायको हक र अधिकारको रक्षा र विकासमा समर्पित रहने प्रतिबद्धता जनाएको छ। नयाँ नेतृत्वले संगठनलाई प्रभावकारी ढंगले अघि बढाउँदै त्यसका उद्देश्य र लक्ष्यलाई सफलतापूर्वक पूरा गर्ने विश्वास गरिएको छ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









