Comments Add Comment

नेकपा एसको निष्कर्षः कुनै पार्टीसँग तत्काल एकता गरिदैन्

काठमाडौं, २ पुस । नेकपा एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकता नगर्ने निष्कर्ष निकालेको छ।

गत मंसीर २६ देखी जारी स्थायी समिति बैठक समापनको दिन तत्काल कुनै पार्टीसँग एकता नगर्ने निष्कर्ष निकाले हो। साथै, आगामी निर्वाचन पनि गठबन्धन नगरी एक्लै लडने निष्कर्ष निकालेको हो।

बैठक पछि उपाध्यक्ष जगन्नाथ खतिवडाले  भने, ‘तत्काल कुनै पनि कम्युनिष्ट पार्टीसँग एकता गर्ने सम्भावना नरहेको बैठकले गरेको छ।’ यद्दपी, बामपन्थी दलसँग विभिन्न एजेण्डाको आधारमा सहकार्य गर्न सकिने बिकल्प भने खुल्ला राखेको छ। यसबिचमा पार्टीले शुद्दीकरण अभियान सञ्चालन गर्नेछ।

जनसंघर्षबाट पार्टी निर्माणमा लाग्न गाउँ फर्किने अभियान अब पार्टी लाग्ने उनले जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै