+
+

एभरेष्ट बैङ्कको १३० औं शाखा फिदिममा

210 पटक हेरिएको
Clock २०८१ फाल्गुन ८, बिहीबार २१:३८
-- Sponsored --

AI सारांश

Fast AI

१. एभरेष्ट बैङ्क लिमिटेडले फिदिममा आफ्नो १३०औं शाखा विस्तार गरेको छ।
२. फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले शाखा उद्घाटन गर्दै वित्तीय संस्थाहरुले सहज सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो।
३. एभरेष्ट बैङ्क लिमिटेड सञ्चालक समितिका सदस्य किरणकृष्ण श्रेष्ठले स्थानीय आवश्यकतालाई मध्यनजर गरेर एभरेष्ट बैङ्कले वित्तीय कारोबारलाई अगाडि बढाउने वताउनुभयो।

पाँचथर। एभरेष्ट बैङ्क लिमिटेडले फिदिममा आफ्नो १३०औं शाखा विस्तार गरेको छ।

गत पुसबाटै सञ्चालनमा आएको उक्त शाखाको विहीवार फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले उद्घाटन गर्नुभयो। शाखा उद्घाटन गर्दै काफ्लेले वित्तीय संस्थाहरुको लगानीले फिदिम बजार र यहाको अर्थब्यवस्था विकासमा टेवा पुर्याएको वताउँदै बैङ्कहरुले सहज सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले कर्जा विस्तार गरी कृषि क्षेत्रको ब्यवसायिक विकासमा मद्दत गर्न आग्रह गर्नुभयो।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दीपक नेपाल र पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष नवराज घिमिरेले वित्तीय संस्थाहरुले कर्जा प्रवाहलाई सरल बनाई बजारलाई चलायमान बनाउन मद्दत गर्नुपर्ने वताउनुभयो। उहाँहरुले वित्तीय संस्थाहरुले स्वच्छ प्रतिस्पर्धा गरी वित्तीय पहुँचलाई प्रत्येक ब्यक्तिसम्म पुर्याउन सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा एभरेष्ट बैङ्क लिमिटेड सञ्चालक समितिका सदस्य किरणकृष्ण श्रेष्ठले स्थानीय आवश्यकतालाई मध्यनजर गरेर एभरेष्ट बैङ्कले वित्तीय कारोबारलाई अगाडि बढाउने वताउनुभयो। १३० औं शाखाका रुपमा पाँचथरमा एभरेष्ट बैङ्कको शाखा स्थापना भएको जानकारी दिँदै श्रेष्ठले सुरक्षित रुपमा कर्जा प्रवाहमा आफ्नै बैङ्कले ध्यान दिने वताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win