0 प्रतिक्रिया
बलकोटलाई दरबार भन्दा दुख लाग्छ, ३३ बर्ष जागिर खाएर बनाएकी हुँ- राधिका शाक्य
AI सारांश
Fast AI१. राधिका शाक्यले आफ्नो पति प्रधानमन्त्री केपी शर्मा ओलीजस्तो व्यक्तिबारे अनेक नकारात्मक टिप्पणी गर्ने गरिएकामा दुःख लाग्ने गरेको बताएकी छन्।
२. उनले आफूले नेपाल राष्ट्र बैङ्कमा ३३ वर्ष जागिर खाएर बालकोटमा घर जोडेको र अहिले पनि पेन्सनबाट खर्च चलाएको उल्लेख गर्दै बालकोटको घरलाई दरबार भनेर प्रचार गर्ने गरिएको भन्दै दुःख पोखेकी हुन्।
३. प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो श्रीमती राधिका शाक्यको आत्मकथा ‘करुणा’मा उल्लेखित कुराहरु सत्य हुन् र त्यो घर पनि ट्रष्टका नाममा दान गरिसकिएको छ भन्दै प्रशंसा गरेका थिए।
काठमाडौं । राधिका शाक्यले आफ्नो पति प्रधानमन्त्री केपी शर्मा ओलीजस्तो व्यक्तिबारे अनेक नकारात्मक टिप्पणी गर्ने गरिएकामा दुःख लाग्ने गरेको बताएकी छन् ।
आफुले लेखेको आत्मकथा ‘करुणा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै शाक्यले आफूले नेपाल राष्ट्र बैङ्कमा ३३ वर्ष जागिर खाएर बालकोटमा घर जोडेको र अहिले पनि पेन्सनबाट खर्च चलाएको उल्लेख गर्दै बालकोटको घरलाई दरबार भनेर प्रचार गर्ने गरिएको भन्दै दुःख पोखेकी हुन् ।
उनले भनिन्- ‘हाम्रो जीवनशैली सामान्य नै हो। दुःखी, गरिब र असहायलाई सहयोग गर्न पाउँदा खुसी लाग्छ । जीवनको एक–एक हिसाब बुझाउन म तयार छु। बालकोटको घर हाम्रो पसिना र मेहनतबाट बनाइएको हो। सम्पूर्ण नेपालीले सहज रूपमा लाउन र खान पाउनुपर्छ भन्ने हिसाबले हामी लागिरहेका छौँ ।’
सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि एक साक्षी भएकाले उक्त पुस्तक कुनै उपन्यास वा कथा नभएको र यसमा कुनै बनावटी कुरा नभएको बताएका थिए।
उनले भने- ‘हुन त आफ्नै श्रीमतीको प्रशंसा गर्यो भन्ने पर्ला तर म ढुक्कका साथ भन्न सक्छु, यो पुस्तक २४ क्यारेटको छ। यसको सत्यताबारे कसैले चुनौती दिन सक्दैन । मेरो हुतीले बालकोटमा हाम्रो घर बन्न सक्ने पनि थिएन। त्यो सबै राधिकाको कमाई र मेहनत हो । त्यो घर पनि ट्रष्टका नाममा दान गरिसकिएको छ। मेरो त सानो हुँदा आफूले खनजोत गर्ने गरेको झापाको खेत पनि बाढी पहिरोले बगाइसकेको छ । राधिका नहुने हो भने म अहिलेसम्म यसरी बाँच्न सक्ने थिइनँ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









