+
+

युवा पुस्ताका चर्चित र्यापर पालैपालो बिर्तामोडमा: भाइवरले महोत्सव तताउँदै

170 पटक हेरिएको
Clock २०८१ माघ १४, सोमबार ०७:३१
-- Sponsored --

AI सारांश

Fast AI

१. युवा पुस्ताका चर्चित र्यापर पालैपालो बिर्तामोडमा जारी एपोलो पेन्ट्स अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा सहभागी बनेका छन् ।
२. गत माघ ८ बाट जारी महोत्सवमा आज माघ १४ गते भाइवर साइमन एण्ड मेक व्याण्ड र अनु चौधरीले बिर्तामोडको माहोल तताउने भएका छन् ।
३. युवाको क्रेजलाई मध्यनजर गर्दै आयोजक समितिले चर्चित ¥यापरलाई महोत्सवमा सहभागी गराएसंगै अहिले युवाको ध्यान महोत्सवमा केन्द्रीत छ ।

झापा, माघ १४ । युवा पुस्ताका चर्चित र्यापर पालैपालो बिर्तामोडमा जारी एपोलो पेन्ट्स  अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा सहभागी बनेका छन् । उनीहरुको प्रस्तुतिले महोत्सवलाई बेग्ले रोनकता प्रदान गरेको छ । हजारौ समर्थकले उनीहरुको प्रस्तुतिलाई रुचाएर महोत्सवलाई थप रौनकता दिएका हुन् ।
गत माघ ८ बाट जारी महोत्सवमा आज माघ १४ गते भाइवर साइमन एण्ड मेक व्याण्ड र  अनु चौधरीले बिर्तामोडको माहोल तताउने भएका छन् । उनीहरका झापामा हजारौ हजार समर्थक छन्।
बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको महोत्सव अवधिभर नै नेपालका सुप्रशिद्ध कलाकारहरुको प्रस्तुति रहने छ ।  लाहुरे एण्ड कम्पनी र साहिमाको प्रस्तुति यस अघि नै प्रस्तुत गरिएको महोत्सव मूल आयोजक समितिका  व्यवस्थापक ललित सिम्खडाले बताए।
युवा पुस्तामा अधिक रुचाइएका कलाकारको प्रस्तुतिले महोत्सवमा रौनक थप्ने भएपछि आयोजक समितिले यस पटक नेपालका सुप्रशिद्ध कलाकारको उपस्थिति गराएको हो।
युवाको क्रेजलाई मध्यनजर गर्दै आयोजक समितिले चर्चित ¥यापरलाई महोत्सवमा सहभागी गराएसंगै अहिले युवाको ध्यान महोत्सवमा केन्द्रीत छ।
विगतका वर्षमा पनि संघले आयोजना गरेको महोत्सवमा कलाकारको प्रस्तुति रहने गरेको थियो । तर, यस पटक युवालाई लक्षित गर्दै कलाकार तय गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win