+
+

आफ्ना नागरिकलाई सकेसम्म छिटो लेबनान छोड्न अमेरिकाको चेतावनी

75 पटक हेरिएको
Clock २०८१ श्रावण २०, आईतवार ०८:२१

American flag fluttering in the blue sky

-- Sponsored --

AI सारांश

Fast AI

१. मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई उपलब्ध टिकटमा जतिसक्दो चाँडो लेबनान छोड्न आग्रह गरेको छ।
२. तेहरानमा हमास नेता इस्माइल हानियाको मृत्यु भएपछि इरानले इजरायलविरुद्ध बदला लिने बताएको छ ।
३. जोर्डनका विदेशमन्त्रीले पनि चेतावनी जारी गर्दै आफ्ना नागरिकहरूलाई तुरुन्त लेबनान छाड्न आग्रह गरेका छन् ।

काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई उपलब्ध टिकटमा जतिसक्दो चाँडो लेबनान छोड्न आग्रह गरेको छ।

यसअघि बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले पनि यस्तै चेतावनी दिएका थिए ।  तेहरानमा बुधबार हमास नेता इस्माइल हानियाको मृत्यु भएपछि इरानले इजरायलविरुद्ध बदला लिने बताएको छ ।

हानियाको मृत्युको खबर इजरायलले बेरुतमा हिजबुल्लाह कमाण्डर फुआद शुक्रलाई मारेको दाबी गरेको केही घण्टापछि आएको हो ।

आइतवार राति, हिजबुल्लाहले उत्तरी इजरायलको बेइट हिलेल क्षेत्रमा धेरै रकेट प्रहार गरेको थियो ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा एयर डिफेन्स सिस्टमले क्षेप्यास्त्रलाई तटस्थ गरेको देख्न सकिन्छ । कसैको मृत्युको बारेमा जानकारी भने खुलेको छैन ।

जोर्डनका विदेशमन्त्रीले पनि चेतावनी जारी गर्दै आफ्ना नागरिकहरूलाई तुरुन्त लेबनान छाड्न आग्रह गरेका छन् ।

यसैबीच रुसले पनि आफ्ना नागरिकलाई सकेसम्म छिटो लेबनान छोड्न चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win