0 प्रतिक्रिया
तुम्बेवा महोत्सव : कवितामा अछामका रावल प्रथम
AI सारांश
Fast AIनेपाली समाचारको ३ वटा बुँदामा सारांश:
१. पाँचथरमा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगितामा सुदूरपश्चिमको अछाम जिल्लाका हिक्मत रावल प्रथम भएका छन्।
२. प्रतियोगितामा ६५ जिल्लाबाट १३१ सहभागी कविता मध्ये ४८ वटा छनोटमा परेका थिए, जसमध्ये २० जनाले प्रतियोगितामा भाग लिएका थिए।
३. प्रतियोगिताको प्रथम, द्वितीय, र तृतीय स्थानका बिजेताहरूले क्रमशः नगद ५० हजार, २५ हजार, र १२ हजार ५ सय रुपैयाँ सहित प्रमाण पत्र पाएका छन्।
पाँचथर-राष्ट्रब्यापी कविता प्रतियोगितामा सुदूरपश्चिमको अछाम जिल्लाका हिक्मत रावल प्रथम भएका छन । तुम्बेवा महोत्सवको अवसरमा पाँचथरको तुम्बेवा गाउँपालिका केन्द्र मौवामा आयोजना गरिएको कविता बाचन प्रतियोगितामा रावल प्रथम भएका हुन । ६५ जिल्लाबाट १३१ सहभागी कविता मध्ये ४८ वटा छनोटमा परेका थिए । छनोटमा परेका कविता मध्ये २० जनाले प्रतियोगितामा भाग लिएका थिए । प्रतियोगिताको उत्कृष्ट कवि रावलको कविता परेको थियो । उनले नगद ५० हजार सहित प्रमाण प्राप्त गरेका थिए ।
त्यस्तै प्रतियोगिताको दास्रो उदयपुर जिल्लाका कवि जीवन आरोही बन्दै उनले नगद २५ हजार र प्रमाण पत्र पाएका थिए । त्यस्तै तेस्रो स्थानको पुरस्कार नगद रु १२ हजार ५ सय रुपैयाँ सहित तेह्रथुमका कवि भगिश्वर तेयुङलाई हस्तान्त्रण गरिएको थियो । प्रतियोगिताका बिजेता कविहरुलाई कार्यक्रमका प्रमुख अथिति तुम्बेवा गाउँपालिका अध्यक्ष बाबुराम खड्का र उपाध्यक्ष खड्क सुन्दर सम्बाहाम्फेले पुरस्कार बितरण गरेका थिए । गाउँपालिकाको आर्थिक सहयोगमा कोरकाली अध्ययन केन्द्र पाँचथरले प्रतियोगिताको आयोजना गरेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









