+
+

अब कुनै ठाउँ दुर्गम हुने छैनन् : मन्त्री दाहाल

148 पटक हेरिएको
Clock २०८२ भाद्र ४, बुधबार २०:३१
-- Sponsored --

AI सारांश

Fast AI

१. भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले देशका कुनै पनि स्थान अब दुर्गम नरहने वताउनुभएको छ ।
२. मन्त्री दाहालले सडक तथा यातायातको पहुँच नपुगेकै कारण दुर्गम हुने अवस्थाको अन्त्य गर्न सरकार लागिपरेको वताउनुभयो ।
३. हालै मात्रै हुम्ला सदरमुकाम समेत सडक सञ्जालबाट जोडिएको उदाहरण दिँदै मन्त्री दाहालले देशका अधिकांश स्थानीय तह सडक सञ्जालमा जोडिएको वताउनुभयो ।

पाँचथर, ४ भदौः
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले देशका कुनै पनि स्थान अब दुर्गम नरहने वताउनुभएको छ । विकास नभएकै कारण दुर्गम हुने अवस्थाको सरकारले अन्त्य गर्दै लगेको मन्त्री दाहालको भनाई छ।
मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा निर्माण भएको मोडुलर बेलिब्रिजको आज उद्घाटन गर्दै मन्त्री दाहालले सडक तथा यातायातको पहुँच नपुगेकै कारण दुर्गम हुने अवस्थाको अन्त्य गर्न सरकार लागिपरेको वताउनुभयो। हालै मात्रै हुम्ला सदरमुकाम समेत सडक सञ्जालबाट जोडिएको उदाहरण दिँदै मन्त्री दाहालले देशका अधिकांश स्थानीय तह सडक सञ्जालमा जोडिएको वताउनुभयो। “दुर्गम मानिएका स्थानलाई समेत सुगम बनाउनेतर्फ सरकार केन्द्रीत छ”, मन्त्री दाहालले भन्नुभयो, “सडक सञ्जाल विकास अभिब्यक्त हुने कुरा भएकाले सडक तथा यातायातको पहुँच विस्तार सरकारको मुख्य प्राथमिकतामा रहेको वताउनुभयो। 
विकास निर्माणका योजनाहरु प्राकृतिक विपत्तिले क्षतिग्रस्त बनाउने गरेको वताउँदै मन्त्री दाहालले अब सरकारले प्रकृतिमैत्री विकासमा जोड दिने समेत उल्लेख गर्नुभयो। “नेपालको भौगोलिक जटिलता र विविधताका कारण संरचनाहरु बनाइरहनु पर्ने अवस्था छ”, मन्त्री दाहाले भन्नुभयो, “प्रकृतिले संरचना भत्काइरहने, बाढीपहिरोको प्रकोपले समस्या सिर्जना गरिरहने भएकाले अब भौगोलिक अवस्थाको अध्ययन गरेर मात्रै विकास आयोजना अघि बढाउनेतर्फ सरकार गम्भीर छ।” मन्त्री दाहालले प्रकृतिमैत्री संरचना निर्माण गर्न सकेमात्रै विकास दीगो हुने र त्यसको प्रतिफल लामो समयसम्म प्राप्त हुने वताउनुभयो। 
मन्त्री दाहाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणले नेपाल–भारत सम्बन्ध सुधारमा थप मद्दत पुग्ने र रेल यातायात, ब्यापारिक सम्बन्धको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको वताउनुभयो। पूर्वपश्चिमका चार वटा राजमार्ग र उत्तरदक्षिणका करिडोर र राजमार्ग निर्माणका काम केही वर्षमै सम्पन्न हुन लागेको जानकारी दिँदै मन्त्री दाहालले जसले ब्यापारमा पहुँच पुग्ने र जीवनस्तर माथि उकास्न भूमिका खेल्ने सरकारले अपेक्षा गरेको वताउनुभयो । उहाँले हेंवा खोलामा पक्की पुल निर्माणको ठेक्का लगाउने प्रकृया सुरु भएको वताउनुभयो । 
यस्तै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारले छिमेकी मुलुकहरुको समेत भारतसरहको समान विकासमा जोड दिएको वताउनुभयो । हेंवा खोलामा नवनिर्मित बेलिब्रिजका सामग्री भारत सरकारले उपलब्ध गराएको थियो । राजदूत श्रीवास्तवले नेपाल–भारतको अभिन्न सम्बन्धलाई थप प्रगाढ बनाउन भारतले सक्दो सहयोग गर्दै आएको वताउनुभयो । 
यहाँ निर्माण गरिएको ७० मिटर लामो बेलिब्रिजका सामग्री भारत सरकारले उपलब्ध गराएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिनुभयो । भारतले उपलब्ध गराएका १० वटा बेलिब्रिज मध्ये सबैभन्दा लामो बेलिब्रिज यहाँ हेंवा खोलामा जडान गरिएको हो । गत जेठ ३१ मा निर्माणाधीन बेलिब्रिज भाँचिएपछि पुलका संरचना निकाल्न र पुनः जडान गर्न भारतले नै सहयोग गरेको समेत शर्माले वताउनुभयो ।
गत वर्षको असोज १२ गते आएको बाढीले बेलिब्रिज बगाएपछि यहाँ निर्माण गरिएको ७० मिटर लामो बेलिब्रिज आजदेखि सञ्चालनमा आएको हो । ताप्लेजुङ जिल्ला र उत्तरी पाँचथरका तीन वटा गाउँपालिकाहरुलाई मेची राजमार्गको हेंवा खोला उत्तरको सडकले जोडेको छ । उक्त बेलिब्रिजको भार बहन क्षमता २५ टन रहेको छ । 
मेची राजमार्गअन्तर्गत हेंवा खोलामा रहेको सडक पुल २०८० असार २ गते आएको बाढीले बगाएको थियो । पुल बगेकै स्थानमा २९ दिन लगाएर नयाँ बेलिब्रिज निर्माण गरिएको थियो । तर उक्त बेलिब्रिज समेत ०८१ असोज १२ गते आएको बाढीले बगाएपछि हेंवा खोलामा डाइभर्सनका माध्यमबाट सवारीका साधन आवतजावत गर्दै आएका थिए । वर्षायाम सुरु भइसकेकाले बाढीले पटक–पटक डाइभर्सन बगाउँदा यातायात अवरुद्ध बनेको थियो। सडक डिभिजन कार्यालयले नै डाइभर्सन मर्मतको काम समेत निरन्तर चलाएको थियो ।
गत चैतदेखि बेलिब्रिज निर्माण कार्य थालिएको थियो । दोभान–सुपरसौगात–लाइट विल्डर्स जेभीले बेलिब्रिज जडानको कार्य अन्तिम चरणमा पु¥याएका समयमा गत जेठ ३१ गते अचानक बेलिब्रिज भाँचिएर झर्दा तीन जना कामदारको ज्यान गएको थियो । यसपछि सडक विभागले बेलिब्रिजका संरचना निर्माण गर्ने भारतीय कम्पनी गार्डेन रिचसिप विल्डर्स एण्ड इन्जिनियरिङलाई भाँचिएका सामग्री तथा प्राविधिक पठाइदिन आग्रह गरेको थियो । भारतबाट आएका प्राविधिक र मिस्त्रीहरुले साउन १७ गते बेलिब्रिज जडानको काम थालेर साउन २८ गते सम्पन्न गरेका थिए । बेलिब्रिजका लागि आवश्यक पहुँचमार्गसहितका संरचना निर्माण भएपछि आज उद्घाटन गरी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win