0 प्रतिक्रिया
राससबाट तामाङ भाषामा समाचार प्रकाशन सेवा सुरु गर्न तामाङ पत्रकार संघको माग
AI सारांश
Fast AIनेपाली समाचारलाई ३ वटा बुँदामा छोटो सारांश निम्नलिखित छ:
* तामाङ पत्रकार संघले राष्ट्रिय समाचार समिति (रासस) बाट तामाङ भाषामा समाचार सेवा सुरु गर्न माग गरेको छ।
* संघले शिक्षा र सञ्चार क्षेत्रमा तामाङ भाषाको प्रयोग कम हुँदै गएको भन्दै राससले तामाङ भाषामा पनि समाचार प्रकाशन तथा प्रसारण सेवा दिनुपर्ने भनेको छ।
* सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले ज्ञापन पत्र बुझ्दै राससबाट तामाङ भाषाको समाचार सेवा सुरु गर्नुपर्ने माग पुरा हुने प्रतिवद्धता व्यक्त गरेका छन्।
काठमाडौं । तामाङ पत्रकार संघले सरकारी स्वामित्वमा रहेको राष्ट्रिय समाचार समिति (रासस) बाट तामाङ भाषमा समेत सामाचार प्रकाशन सेवा सुरु गर्न माग गरेको छ ।
संघले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो । सिंहदरबार स्थीत मन्त्रालयमा पुगेर संघले ज्ञापन पत्र बुझाएको हो ।
संघले शिक्षा र सञ्चार क्षेत्रमा तामाङ भाषाको प्रयोग कम हुँदै गएको भन्दै राससले तामाङ भाषामा पनि समाचार प्रकाशन तथा प्रसारण सेवा दिनुपर्ने भन्ने माग गरेका हुन् ।
ज्ञापन पत्र बुझ्दै सञ्चार मन्त्री गुरुङले राससबाट तामाङ भाषाको समाचार सेवा सुरु गर्नुपर्ने माग पुरा हुन केही समय लागे पनि माग पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
हाल तामाङ भाषामा मासिक पत्रिका तामाङ डाजाङ नियमित प्रकाशित हुँदै आएको छ । नेपाल टेलिभिजन, रेडियो नेपाल र गोरखापत्रमा तामाङ भाषाका समाचार प्रसारण र प्रकाशन हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









