+
+

हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा ६ जना मजदुर घाइते, ४ जनाको अवस्था गम्भीर

337 पटक हेरिएको
Clock २०८२ जेष्ठ ३१, शनिबार १९:३७
-- Sponsored --

AI सारांश

Fast AI

पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने मेचीराजमार्ग अन्तर्गत हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएको छ। यस दुर्घटनामा ६ जना मजदुर घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ।

उद्धार गरिएका सबै घाइते मजदुरलाई साँझ ६:५० बजेतिर जिल्ला अस्पताल पाँचथर, फिदिममा ल्याएर उपचार सुरु गरिएको छ।

घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान भइरहेको छ। सुरक्षाको पर्याप्त मापदण्ड नअपनाई निर्माण कार्य अगाडि बढाउँदा दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

पाँचथर, जेष्ठ ३१ गते 
पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने मेचीराजमार्ग अन्तर्गत हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा ६ जना मजदुर घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

प्रहरीका अनुसार मिति २०८२ साल जेष्ठ ३१ गते साँझ करिब ६:२० बजे पुल भाँचिएको सूचना प्राप्त हुनासाथ प्रहरी नायब उपरीक्षक (प्रनाउ) कौशल कुमार बुढाथोकीको कमाण्डमा खटिएको ३५ जनाको प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्य थालेको थियो।

उद्धार गरिएका सबै घाइते मजदुरलाई साँझ ६:५० बजेतिर जिल्ला अस्पताल पाँचथर, फिदिममा ल्याएर उपचार सुरु गरिएको प्रहरीले जनाएको छ। फिदिमबाट करिब ११ किलोमिटर उत्तरपश्चिममा पर्ने उक्त स्थानमा निर्माण कार्य भैरहेको थियो।

घाइतेहरूको विवरण यसप्रकार छः

१. रूपलाल चौधरी, २२ वर्ष, सिमरा उपमहानगरपालिका–१२, बारा-बोल्न नसक्ने अवस्था, गम्भीर।
२. राजन चौधरी, २७ वर्ष- पिठ्युँमा चोट, बोल्न नसक्ने अवस्था, गम्भीर।
३. राकेश चौधरी, २२ वर्ष -बाह्य चोट देखिएन, बोल्न नसक्ने अवस्था, गम्भीर।
४. भुलेश्वर चौधरी, २५ वर्ष -दायाँ खुट्टा भाँचिएको, बोल्न नसक्ने अवस्था, गम्भीर।
५. प्रकाश चौधरी, ३५ वर्ष -टाउको र शरीरका विभिन्न भागमा चोट, अवस्था मध्यम, बोल्न सक्ने।
६. अभिषेक चौधरी, ३० वर्ष -टाउकोमा चोट, अवस्था मध्यम।

घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सुरक्षाको पर्याप्त मापदण्ड नअपनाई निर्माण कार्य अगाडि बढाउँदा दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win