+
+

मेची राजमार्गसहित मुख्य सडकहरु अवरुद्ध

192 पटक हेरिएको
Clock २०८२ श्रावण ४, आईतवार १४:२४
-- Sponsored --

AI सारांश

Fast AI

१. पाँचथरमा बाढीका कारण मेची राजमार्ग, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, तमोर कोरिडोरसहित अधिकांश सडकहरु अवरुद्ध भएका छन ।
२. हेंवा खोलामा निर्माण गरिएको डाइभर्सनमा बाढीले क्षति पु¥याएपछि मेची राजमार्ग अवरुद्ध बनेको छ ।
३. बाढी र पहिरोका कारण पाँचथरका विभिन्न सडकहरु जस्तै फिदिम–फालोट सडक, सिदिन–मेमेङ सडक, भेडेटार रबि राँके सडक, पौवाभञ्ज्याङबाट रानीटार जोड्ने सडक अवरुद्ध भएका छन ।

पाँचथर । बाढीका कारण मेची राजमार्ग, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, तमोर कोरिडोरसहित पाँचथरका अधिकांश सडकहरु अवरुद्ध भएका छन ।

अविरल वर्षापछि गएराती आएको बाढीले मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा निर्माण गरिएको डाइभर्सनमा क्षति पु¥याएपछि राजमार्ग अवरुद्ध बनेको छ । हेंवा खोला पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमामा पर्छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङका अनुशार बाढी डाइभर्सनभन्दा माथिबाट बगेको छ । गत वर्षको असोज १२ गते आएको बाढीले यहाँ रहेको बेलिब्रिज बगाएपछि डाइभर्सनबाट सवारीका साधन वारपार गर्दै आएका थिए । बाढीले डाइभर्सनमा क्षति पु¥याएपछि पाँचथरका हिलिहाङ, याङवरक र फालेलुङ गाउँपालिका तथा ताप्लेजुङ जिल्लासँगको सडक सम्पर्क विच्छेद भएको छ ।

बाढीले द्रूतमार्गका रुपमा रहेको तमोर कोरिडोर सडकलाई समेत अवरुद्ध बनाएको छ । पाँचथरको तुम्बेवा गाउँपालिका र धनकुटाको चौबिसे गाउँपालिकाको सीमामा रहेको उक्त खोलामा बाढी आएपछि सवारीका साधन सञ्चालन गर्न नसकिने अवस्था रहेको स्थानीयवासीले वताएका छन । निर्माणाधीन यस सडकका अधिकांश खोलाहरु पुल निर्माण हुन बाँकी छ ।

बाढीकै कारण पाँचथरमा पर्ने पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम खण्ड अवरुद्ध भएको छ । याङवरक गाउँपालिका–२ दोभानेमा रहेको डाइभर्सन मेवा खोलामा आएको बाढीले बगाउँदा सडक अवरुद्ध बनेको छ भने याङवरक–३ स्थित रिजाल भीरमा पहिरो झरेर सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिनुभयो ।

यस्तै पहिरोका कारण भेडेटार रबि राँके सडक पनि अवरुद्ध बनेको छ । फाल्गुनन्द गाउँपालिका–५ मगरभीर र मिक्लाजुङ गाउँपालिका–४ रबि बजारमा पहिरो झरेर सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

फिदिम–फालोट सडकअन्तर्गत फिदिम नगरपालिका वडा नं. १ र ११ को सीमामा रहेको फेमे खोलामा रहेको डाइभर्सनमा पुग्ने पहुँच मार्ग बाढीले बगाएपछि उक्त सडक अवरुद्ध भएको छ । यहाँ निर्माण गरिएको डाइभर्सनमा भने क्षति नपुगेकाले बाढी घट्नासाथ सडक निर्माण गरी यातायात सुचारु गर्ने प्रयास थालिएको छ ।

यस्तै पहिरोले मेची राजमार्गको पौवाभञ्ज्याङबाट रानीटार जोड्ने सडक अवरुद्ध भएको छ । फालेलुङ गाउँपालिका वडा नं. ३ र ७ को सीमास्थित घुमाउनेटारमा रहेको डाइभर्सनमा पनि बाढीले क्षति पु¥याउँदा सिदिन–मेमेङ सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यस्तै पहिरोले मिक्लाजुङ गाउँपालिका–२ रबिस्थित इलाका प्रहरी कार्यालयको डिउटी पोष्ट भत्काएको पाँचथर प्रहरीले जनाएको छ । गएरातीदेखि यहाँ निरन्तर वर्षा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

सिफारिस

विज्ञापनका लागि सम्पर्क गर्नुहोस !

1 Stories

कुमारी बैंक लि

1 Stories

नबिल बैंक लि

11 Stories

हिमालयन लाईफ इन्सोरेन्स

15 Stories

एसियान पैन्ट

7 Stories
×
error: Content is protected !!
error: Content is protected !!
Ad
OFFER

offer: get 50% discount in premium story

विवरण हेर्नुहोस्
Scratch & Win
×

Gift पाउन कोर्नुहोस्!

Bishwasanchar.com
Ad
🎡 Spin & Win