0 प्रतिक्रिया
एमाले ११ औँ महाधिवेशनः ३६ प्रतिनिधिले मतदान नगर्दा २,२२७ मत मात्रै खस्यो
AI सारांश
Fast AI१. नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधिमध्ये ३६ जनाले नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा मतदान गर्न सकेनन्।
२. एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार जम्मा २ हजार २ सय २७ मत मात्र खसेको हो।
३. एमालेको नयाँ नेतृत्वका लागि हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्ना प्यानलसहित प्रतिस्पर्धामा छन्।
नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधिमध्ये ३६ जनाले नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा मतदान गर्न सकेनन्।
एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार जम्मा २ हजार २ सय २७ मत मात्र खसेको हो। विभिन्न कारणले ३६ जना प्रतिनिधि मतदान प्रक्रियामा सहभागी हुन नसकेको आयोगले जनाएको छ।
मतदानमा सहभागी हुन नसक्नेमा मुकुन्द न्यौपाने, वसन्त नेम्बाङ, बालकुमार काउछा मगर, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता, दानबहादुर विक, हिरबहादुर राजवंशी, पोस्टकुमार नेपाल, सरस्वती गौतम, सर्वतलाल राजवंशी, प्रदीपराज प्याकुरेल, समीर नेपाल, रचना राजोपाध्य, अशोक केसी, घनश्याम कोइराला, सिर्जना नेपाली, अशिम कोइराला, दिनेश बास्तोला, बालुका बेलबासे, गिरिराज बेलबासे, राजेन्द्र अर्याल, मीना पोखरेल, तेजकुमार विक, पल्लबराज भट्ट, तिलक रिजाल, गोमा नेपालीलगायत रहेका छन्।
एमाले निर्वाचन आयोगका सचिव डा. कुन्साङ लामाका अनुसार मतदान बुधबार बिहान ९:२० बजे विद्युतीय मतदान मेसिनमार्फत सुरु भई आज बिहान करिब ७ बजे सम्पन्न भएको हो।
एमालेको नयाँ नेतृत्वका लागि हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्ना प्यानलसहित प्रतिस्पर्धामा छन्। दुवै प्यानल बाहिर रहेकाहरूले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









