0 प्रतिक्रिया
फाल्गुनन्द २, इम्बूङमा सम्पन्न खुल्ला पुरुष तथा महिला फुट्बल प्रतियोगिताको उपाधि आयोजकलाई ।
दिपक दुलाल
ऐतिहासिक बराहक्षेत्र कात्र्तिके पूर्णिमा मेलाको अवसरमा पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.२, इम्बूङमा सम्पन्न खुल्ला पुरुष फुट्बल प्रतियोगिताको उपाधि आयोजक टु स्टार ग्रामिण सिर्जनशील क्लवले हात पारेको छ।
शनिवार सम्पन्न पुरुष तर्फको फाइनल खेलमा तिजोक यूवा क्लव नवमीडाँडालाई टाइब्रेकरमा ३ का विरुद्ध ४ गोलले पराजित गर्दै आयोजकले उपाधि जितेको हो। निर्धारित समय र अतिरिक्त समयमा समेत दुवै टिमबाट गोल हुन नसकेपछि टाइब्रेकरबाट खेलको नतिजा निकालिएको थियो।
प्रतियोगितामा विजेता बनेको आयोजक टु स्टार ग्रामिण सिर्जनशील क्लवले नगद एक लाख पन्ध्र हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको तिजोक यूवा क्लव नवमीडाँडाले सत्तरी हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।
यस्तै शनिवार नै सम्पन्न महिला फुट्बल प्रतियोगिताको उपाधि पनि आयोजक टु स्टार ग्रामिण सिर्जनशील क्लवले आफ्नै पोल्टामा राखेको छ। निर्धारित समयमा कुनै गोल हुन नसकेपछि टाइब्रेकरबाट फेमेसुवा क्लव नवमीडाँडालाई पराजित गर्दै आयोजकले उपाधि जितेको हो। महिलातर्फको विजेता आयोजकले १५ हजार र उपविजेता बनेको फेमेसुवाले ८ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रतियोगिताका विजेता टिम तथा खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमूख अतिथि फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बे लगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो। प्रतियोगिता फाल्गुनन्द २ स्थित सत्यहाङ्मा माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन गरिएको थियो।
कात्र्तिके पूर्णिमाको अवसरमा बराहक्षेत्र कात्र्तिके पूर्णिमा मेलासँगै स्थानिय टु स्टार ग्रामिण सिर्जनशील क्लवको आयोजनामा कात्र्तिक १७ गतेदेखि सञ्चालन भएको खुल्ला पुरुष फुट्बल प्रतियोगितामा ८ टिम र महिला फुट्बल प्रतियोगितामा ४ टिमको सहभागिता रहेको आयोजक क्लवका अध्यक्ष अर्जुन नेम्वाङले बताउनुभयो। खेलको उद्घाटन समेत गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बेले गर्नुभएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
ट्रेन्डिङ
विज्ञापनका लागि सम्पर्क गर्नुहोस !
1 Stories
कुमारी बैंक लि
1 Stories
नबिल बैंक लि
11 Stories
हिमालयन लाईफ इन्सोरेन्स
15 Stories









